एलजी कप अन्तर्गत दोश्रो चरणका खेल सुरु

पोखरा, २७ चैत /लालिगुरास युवा क्लब पोखरा द्वारा पोखराको अमरसिंह खेल मैदानमा दोश्रो एलजी कप सेभेन ए साइड फुटबल प्रतियोगिता अन्र्तगत दोश्रो चरणका खेलहरु मंगलबारबाट सुरु भएका छन् । मंगलबार सम्पन्न खेलबाट आदर्श युबा क्लब, भिमकालिपाटन, लेकसाइड युबा क्लब, काजीपोखरी युबा क्लब बि, चैट चैट चैट, शितल ज्योती र कमलपोखरी टिमले आ–आफ्नो खेलमा जित हासिल गरेका छन ।

प्रतियोगितामा आदर्श युबा क्लबले टाउन फुटबल क्लबलाई ५–० गोल अन्तरले पराजित गरेको छ । त्यसै गरि नेपाली सेना पश्चिम पृतनाको टिम टाइ–बे्रकरमा भिमकाली पाटन युबा क्लब संग ५–४ गोल अन्तरले पराजित हुँदा स्तब्ध बन्यो । त्यसै गरि अर्को एक खेलमा टाइ–ब्रेकरमा नतिजा आएको छ । कमलपोखरीले काजिपोखरी युबा क्लब ए टिमलाई ५–४ मा पाखा लगायो ।

त्यसै गरि अन्य खेलमा लेकसाइड युबा क्लबले भद्रकालीलाई २–० गोलले, काजीपोखरीले मिलन टोल युबा क्लबलाई १–० गोलले, स्याङ्गजा वालिङको चैट चैट चैटले जङलैण्ड युबा क्बलबलाई २–० गोलले र शितलज्योतीले माइपोखरा क्लबलाई १–० गोल अन्तरले पराजित गरेका थिए ।

बैशाख १ गते सम्म अम्मरसिंह खेल मैदानमा संचालन भएको प्रतियोगिताको मुख्य प्रायोजक हिमा अस एजुकेशन कन्सलटेन्सी रहेको छ । प्रतियोगितामा ६४ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक एवम संस्थाका कोषाध्यक्ष सुमन गुरुङले जानकारी दिएका छन ।
संयोजक गुरुङका अनुसार प्रतियोगितामा प्रथम हुने टिमले नगद १ लाख ५० हजार, दोश्रोले ८०, तेश्रोले २० र चौथोले १० हजारका साथमा कप, मेडल र प्रमाणपत्र प्राप्त गर्ने कोषाध्यक्ष गुरुङले जानकारी दिए ।

यसैगरि प्रतियोगितामा वेष्ट प्लेयर र हाइएष्ट स्कोरर क्रमश नगद ८ हजारका साथमा ट्रफी पाउने छन भने वेष्ट डिफेन्डर, वेष्ट किपर, वेष्ट मिड फिल्डर र वेष्ट स्ट्राइकरले क्रमश नगद ४ हजारका साथमा ट्रफी र अनुशासित एक टिमलाई ट्रफी प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...