पोखरेली गल्फर गुरुङ र थापालाई गल्फ उपाधि

पोखरा ७ पुस । गोर्खा गल्फ सोसाइटि नेपालको आयोजनामा काठमाण्डौमा आइतबार सम्पन्न गल्फ प्रतियोगिताको उपाधि पोखरेली गल्फर मेजर लक्ष्मीप्रसाद गुरुङ र क्याप्टेन मनिलाल थापाले जित्नु भएको छ । काठमाडौको रोयल नेपाल गल्फ कोर्ष तिलगंगामा आइतबार भएको खेलमा मेजर लक्ष्मीप्रसाद गुरुङले ग्रस तर्फ ८२ अंक प्राप्त गदै पहिलो हुनभयो भने क्याप्टेन हेम थापा ८३ अंक प्राप्त गदै दोस्रो र मजेर मनिप्रसाद राई ८६ अंक प्राप्त गदै तेस्रो हुनु भयो ।

त्यस्तै नेट तर्फ मनिलाल थापाले ६३ अंक प्राप्त गदै उपाधि जित्नु भयो मेजर हेमराज गुरुङले ६८ अंक प्राप्त गदै दोस्रो र मेजर गंगाबहादुर गुरुङ ६९ अंक प्राप्त गदै तेस्रो हुनु भयो । प्रतियोगितामा मेजर लक्ष्मीप्रसाद गुरुङ मोष्ट बडि र हेमबहादुर थापाले लङगेस्ट डाईभ तथा मेजर गंगाबहादुर गुरुङले नेरेस्टु दपिनको उपाधि समेत हात पार्नुभयो ।

प्रतियोगिताका विजयी गल्फहरुलाई क्याप्टेन मनिप्रसाद राई, गोपलबहादुर गुरुङ, बेलायबाट सहभागी गल्फ खेलाडि मेजर कृष्णकुमार आले लगायतले पुरस्कार वितरण गर्नुभएको थियो । प्रतियोगितामा २६ जना खेलाडिहरुले सहभागीता जनाएका थिए भने खेल स्टोक प्लेका आधारमा खेलाइएको थियो ।

कमेन्टहरु
Loading...