कोकाकोला कपमा आइतबार पाँच खेलहरु सम्पन्न

पोखरा, १ साउन / पोखरामा जारी कोकाकोला कप अन्तर विद्यालय फुटबल प्रतियोगितामा आइतबार ५ खेलहरु सम्पन्न भएका छन् ।

पहिलो खेलमा न्यु इरालाई बहादुरे मावीले ट्राईब्रेकरमा ४–२, पोखरा पब्लिक स्कुलले न्यू लेखनाथ पब्लिकलाई २–१ ले, शिशु कल्याण स्कुलले शितलादेवी माविलाई २–०ले, म्यारी गोल्डमावीले कास्की मोर्डनाईज्डलाई २–१ले र गुड सेफर्डले कुमुदिनी होम्सलाई ट्राई ब्रेकरमा ६–५ गोल अन्तरले पराजीत गरेका छन् ।

प्रतियोगिता अन्तरगत सोमबारबाट छात्राहरुको खेल पनि सुरु हुने छन् । नेपाल सरकार युवा तथा खेलकुद विकास मन्त्रालयको समन्वयमा कास्की जिल्ला फुटबल संघको आयोजनामा प्रतियोगिता भएको हो । असार २७ गते देखी जारी प्रतियोगीता १३ दिनसम्म जारी रहने छ ।

प्रतियोगीतामा कास्कीका ६३ विद्यालय छात्रका ६३ तथा ६ छात्राको समुहले सहभागीता जनाएका छन् । विजेताले क्षेत्रिय, राष्ट्रिय र अन्तराष्ट्रिय प्रतियोगीता खेल्ने अवसर प्रदान गरिने छ ।

कमेन्टहरु
Loading...