किरण खड्का स्मृती सेभेन ए साइडमा एलजी, माछापुच्छे, तारा र विष्णुपादुका सेमिफाइनलमा

पोखरा, ११ असोज/शितल ज्योती यूवा क्लब द्वारा आयोजित दोश्रो स्व किरण खडका स्मृती सेभेन ए साइड

फुटबल प्रतियोगिता अन्र्तगत शुक्रबार सेमिफाइनल र फाइनलका खेलहरु सम्पन्न हुने भएका छन् । बिहीबार

सम्पन्न क्वाटरफाइनल खेलबाट एलजी एशोसियसन रेड, माछापुच्छ«े (एम) १२, तारा एफसी र विष्णुपादुका

‘ए’ सेमीफाइनलमा प्रबेश गरेका छन ।

सम्पन्न खेल बाट एलजीले माछापुच्छ«े (एम) १२ संग र तारा एफसीले विष्णुपादुका संग भेट पक्का गरेका

छन । सेमीफाइनलमा पुग्ने चार बटै टिम सेभेन ए साइड फुटबलका लागि बलिया मनिन्छन ।

सम्पन्न क्वाटर फाइनलमा एलजी एशोसियसन रेडले आर्दश यूबा क्लब भण्डारढिकलाई २–० गोलले पराजित

गर्दै एलजीले सेमीफाइनलमा आफ्नो स्थान शुरक्षित गरेको छ । टिमलाई सेमीफाइनलमा पु¥याउन रमेश मगर

र सूर्यमान मगरले १–१ गोल गरे ।

यसै गरि दोश्रो खेलमा माछापुच्छ«े (एम) १२ ले संगम एफसीलाई ३–० गोलले पाखा लगाउँदै सेमीफाइनल

प्रवेश गरेको छ । एम १२ का सुनिल घोतानेले २ र अविनाश तामाङले टिमका लागि १ गोल गरे । जारी

क्वाटरफाइनलमा तारा एफसीले रञ्जन मेमोरियललाई २–० गोलले पराजित ग¥यो । ताराका लागि सुनिल बिक

र बिनोद गुरुङले समान १–१ गोल गरे ।

एक अर्को क्वाटर फाइनलमा विष्णुपादुकाले दोब्रे एफसीलाई ४–० गोलले पराजित गरेको छ । टिमलाई

सेमीफाइनलमा पु¥याउन समिर कार्कीले ह्याट्रिक पुरा गरे भने अजय श्रेष्ठले एक गोल गरे ।

प्रतियोगितामा शुक्रबार सेमीफाइनलका खेलहरु हुने अध्यक्ष सन्तोष गुरुङले बताएका छन । “समाज निमार्णमा

आजका युवा र खेलकुद” भन्ने उद्घोषका साथ असौज १२ गतेसम्म संचालन भइरहेको प्रतियोगितामा

बिजेतालाई १ लाख ५० हजार, उपविजेतालाई ८० हजार साथमा शिल्ड, मेडल र प्रमाण–पत्र पाउनेछन ।

प्रतियोगितामा उत्कृष्ट खेलाडीलाइ माउण्टेन वाईक प्रदान गरिने छ भने प्रतियोगितामा उत्कृष्ट स्टाईकर,

उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट गोलरक्षक, सर्वोत्कृष्ट गोलकर्ता, उत्कृष्ट गोलरक्षकलाई जनही

५/५ हजारको साथमा ट्रफी मेडल प्रदान गरिने छ ।

त्यसै गरी प्रतियोगितामा उत्कृष्ट प्रशिक्षकलाई ट्रफी र प्रमाणपत्र वितरण गरिने छ । सेमिफाईनलमा पराजित

टिमले समेत जनही १०/१० हजार प्रदान गरिने भएको सचिव पुर्ण गुरुङले बताए ।

कमेन्टहरु
Loading...