खेल र पर्यटनसँगै जोडेर अघि बढेमा प्रदेश समृद्धि सम्भव

पोखरा, २४ फागुन/नेपाल खेलकुद पत्रकार मञ्च कास्कीको आयोजनामा विहीबार प्रदेश ४ मा खेल पर्यटनको सम्भावना विषयक बृहत् अन्तक्र्रिया कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल पर्यटन बोर्ड पोखराको सहआयोजना तथा राष्ट्रिय खेलकुद परिषद् र क्षेत्रीय खेलकुद विकास समितिको सहकार्यमा भएको उक्त अन्तक्र्रिया प्रदेश ४ का उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री रामशरण बस्नेतको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो ।

उक्त अन्तक्र्रियामा प्रदेश ४ का सांसद राजीव पहारी, इन्द्रधारा बिष्ट र मोहन रेग्मीसहित खेलुकद र पर्यटन क्षेत्रका विभिन्न सरोकारवाला निकाय, संघसंस्थाका प्रतिनिधि तथा पत्रकारले भाग लिएका थिए । यस्तै, नेपाल पर्यटन बोर्ड पोखरा प्रमुख सूर्य थपपिया र खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिनाले छुट्टाछुट्टै कार्यपत्र प्रस्तुत गरेकोमा पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले टिप्पणी गरेका थिए ।

लेकसाइडस्थित होटवल गुडविलमा करिब ३ घण्टा चलेको उक्त अन्तक्र्रियाले प्रदेश ४ को समृद्धि र विकासको प्रमुख सम्भावना पर्र्यटन नै रहेकोले खेलसँग जोडेर सँगसँगै अघि बढ्नुपर्नेमा जोड दिए । त्यसका लागि प्रदेश सरकारले बनाउने नीति नियम र कानुनमा खेललाई उच्च प्राथमिकता दिनुपर्नेमा जोड दिए ।

प्रदेश ४ का उद्योग, पर्यटन तथा वनमन्त्री रामशरण बस्नेतले खेलकुदका नीतिमा अस्पष्टता पूरा गर्न अब प्रदेश सरकारले बनाउने नीति, नियम र कानूनमा यस्तै खालका अन्त्रक्र्रिया र छलफलले सघाउने बताए । उनले भने, प्रदेश सरकारले हरेक व्यक्तिको सल्लाह सुन्न तयार छ, हामीहरु कम बोल्छौ, नम्बर एक प्रदेश बनाउन व्यवहारमा काम गरेर देखाउने छौं ।

मन्त्री बस्नेतले प्रदेश ४ मा जलको सम्भावना बढी रहेको हुँदा सोही अनुरुप पूर्वाधार निर्माण गर्नुपर्नेमा जोड दिए । प्रदेशको समृद्धि र विकासमा ध्यान केन्द्रित रहेको उल्लेख गर्दै उनले कसैले गलत गरेको सूचना पाए तत्काल कारबाही गर्नेबारे उनले सचेत गराए ।

सांसद राजीव पहारीले राज्यको तुलनामा निजी क्षेत्रले खेलकुदको पूर्वाधार निर्माणमा बढी गरेको उल्लेख गर्दै उनले सार्वजनिक निजी साझेदारीलाई अवलम्बन गर्दै अघि बढ्ने बताए । उनले विश्वकै पाँचौ उत्कृष्ट प्याराग्लाइडिङ क्षेत्र पोखरामा रहेको, १३ औं सुन्दर ताल फेवाताल रहेको जानकारी दिँदै विश्वका २ सय मुलुकमा नपाइने हावापानी यहाँ रहेकोले अपार सम्भावनाको खानी रहेको बताए । उनले कुराभन्दा परिणाममुखी काम गर्ने भन्दै संघसंस्था दर्ता प्रक्रियालाई झन्झटमुक्त बनाउनेतर्पm ध्यान केन्द्रित गर्ने बताए ।

सांसद इन्द्रधारा बिष्टले उत्तर र दक्षिण दुवैतर्फबाट हेर्दा पनि हिमाल देख्न सकिने प्रदेश ४ रहेको उल्लेख गर्दै हन्टिङ, घोडाचढी खेल मुस्ताङ क्षेत्रमा बढी रहेको बताए । उनले हन्टिङ खेल गरेमा तत्काल व्यवस्थापनमा सहज रहेको उल्लेख गरे । राम्रा खेलाडी उत्पादन भए पनि टिम राम्रो हुन नसकेको उल्लेख गर्दै खेलाडीको संरक्षणको खाँचो औल्याए ।

सांसद मोहनप्रसाद रेग्मीले खेलकुद पत्रकार मञ्चले आयोजना गरेको अन्तक्र्रियाले भावी कार्ययोजना निर्माणमा सहयोग पुगेको भन्दै आयोजकलाई धन्यवाद दिए । ग्रामीण तथा आधारभूत तहमै खेलकुदलाई जोड दिनुपर्ने भन्दै यहाँ राष्ट्रिय गौरवको खेललाई व्यवस्थित गर्नुपर्ने बताए ।

खेलकुद पत्रकार मञ्चका केन्द्रीय अध्यक्ष महेश आचार्यले प्रदेश ४ ले विकास गर्ने भनेको पर्यटनबाट नै हो भन्दै यसलाई खेलकुदसँग जोडेर अघि बढ्नुपर्नेमा जोड दिए । त्यसको लागि पहिलो शर्त पूर्वाधार निर्माण भएकोले प्रदेश सरकारको ध्यान यसतर्पm केन्द्रित हुनुपर्ने उनको धारणा छ । उनले अस्पताल भन्दा रंगशाला बनाउने हो भने हजारौले रोजगारी पाउने विचार व्यक्त गरे ।

पश्चिमाञ्चल खेलकुद विकास समिति अध्यक्ष खगराज पौडेलले खेलकुदको विकासका लागि सबैभन्दा पहिले पूर्वाधार विकास गर्नुपर्नेमा जोड दिए । कार्यपत्र प्रस्तुत गर्दै पर्यटन बोर्ड पोखराका प्रमुख सूर्य थपलियाले प्रदेश ४ को विकासका लागि खेल र पर्यटन दुवैसँग जोडेर अघि बढ्नुपर्ने बताए ।

खेलकुद पत्रकार मञ्चका केन्द्रीय महासचिव प्रकाश तिमल्सिनाले प्रदेश ४ को खेलकुदको अवस्था र सम्भावना विषयक कार्यपत्र प्रस्तुत गर्दै कार्यक्रमले प्रदेश सरकारले बनाउने नीति, नियम र कानुन निर्माणमा आगामी दिनमा मार्गदर्शन हुने बताए ।

प्रस्तुत कार्यपत्रमाथि टिप्पणी गर्दै पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले प्रदेश ४ का ११ जिल्लामध्ये सम्बन्धित जिल्लामा कुन खेलको सम्भावना छ त्यसतर्फ केन्द्रित हुनुपर्ने बताए । उनले अब चिन्ता होइन, चिन्तन गर्नुपर्ने बेला आएको उल्लेख गर्दै सरोकारवाला निकायले पर्यटन र खेलकुदलाई जोडेर प्रदेशको विकास र समृद्धिमा चिन्तन गर्नुपर्ने बताए ।

अन्तक्र्रियामा भूपू खेलाडी मञ्चका पूर्व अध्यक्ष खड्गबहादुर रानाभाटले राज्यले खेल र खेलाडीलाई संरक्षण दिनुपर्ने बताए । उनले खेलका क्षेत्रमा सरकारले राजनीतिक नियुक्तिमा सही व्यक्तिलाई सही ठाउँमा नियुक्ति गर्नुपर्ने बताए ।

कास्की जिल्ला क्रिकेट संघ अध्यक्ष सञ्जयकान्त सिग्देलले एक दुई खेललाई प्राथमिकतामा राखेर तत्काल अघि बढ्नुपर्ने बताए । जिल्ला खेलकुद विकास समितिका कार्यालय प्रमुख प्रकाश बरालले खेलका गतिविधिमा आन्तरिक पर्यटनलाई समेत प्राथमिकता दिनुपर्ने बताए । एन्फा उपमहासचिव गणेशबहादुर भट्टराईले खेलको विकासमा सबैजना दत्तचित्त भएमात्र अघि बढ्न सकिन्छ नभए भाषण गरेरमात्र नहुनेमा सचेत गराए ।

रासस प्रदेश ४ का कार्यालय प्रमुख बासुदेव पौडेलले पर्यटन बोर्डले खेल पर्यटनको बारेमा समेत गतिविधि गर्नुपर्ने सुझाव दिए । प्रेस स्वतन्त्रता सेनानी बद्रीविनोद प्रतीकले प्रदेशका सबै जिल्लाको सम्भावित खेल पहिचान गर्नुपर्नेमा जोड दिए । पोखरा पर्यटन परिषदका अध्यक्ष केदारनाथ शर्माले खेलकुद, पर्यटन र खेल पत्रकारलाई सँगसँगै लिएर अघि बढ्नुपर्ने बताए । सुस्तादेखि कोरला नाकासम्म फैलिएको प्रदेशमा प्रचूर सम्भावना रहेको उल्लेख गरे ।

प्रशिक्षक इञ्चार्ज कृष्ण तिमिल्सिनाले राष्ट्रिय पहिचानको प्रतीक खेल हो भने । खेलकुद पत्रकार मञ्च कास्कीका अध्यक्ष केशव पाठकको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष दीननाथ बराल र सञ्चालन सचिव रञ्जन अधिकारीले गरेका थिए ।

कमेन्टहरु
Loading...