साग खेलकुद प्रतियोगिताका लागि पुर्वाधार निर्माण समयमै हुन्छ– मन्त्री विश्वकर्मा

पोखरा, ६ चैत /युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्माले साग खेलुकद प्रतियोगिता राष्ट्रिय प्रतिष्ठासँग जोडिएकाले आवश्यक पुर्वाधार निर्माण समयमै पुरा गरिने बताएका छन् । ‘साग खेलकुद आयोजनाको अभिभारा नेपालको हो यसलाई पुरा गर्न युद्ध स्थरमा काम अगाडी बढाउने छौ ।’ खेलकुद पत्रकार मञ्च कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले भने ।

उनले आठौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि आवश्यक पुर्वाधार समेत यसै चालु आर्थिक वर्षभित्र पुरा गर्ने दावी समेत गरेका छन् ।
उनले साफका लागि पोखरामा महिला फुटबल प्रतियोगिताका लागि अन्तराष्ट्रियस्तरको स्टेडियम बनाउने संकल्न मन्त्रालयले गरिसकेको बताए । पोखरामा अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने बताए ।

उनले नेपालले क्रिकेटमा पाएको ऐतिहासिक उपलब्धी बीरताको विरासतलाई क्रिकेटले जोगाएको भन्दै अन्तराष्ट्रियस्तरको क्रिकेट मैदान बनाउने स्पष्ट पारे । ‘पोखरामा क्रिकेट मैदान बन्छ । ढुक्क हुनुहोस ।’ मन्त्री विश्वकर्माले आज मंगलबार खेलकुद पत्रकार मन्च कास्कीले आयोजना गरेको पत्रकार सम्मेलनमा भने—‘क्रिकेटसँगै साग खेलकुद पनि समयमै गर्नुपर्छ । राष्ट्रिय प्रतिष्ठासँग जोडिएको छ ।’

कमेन्टहरु
Loading...