Ganthan News Pokhara
All news from Pokhara & around

पोखरामा केन्दो खेलको प्रशिक्षण सुरु

0

पोखरा २१ जेठ/नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी तर्दथ समितिको आयोजनामा मंगलबारबाट पोखरामा केन्द्रो खेलको खेलाडी प्रशिक्षण सुरु भएको छ । प्रशिक्षणमा ३० जना स्कुलमा अध्ययनरत विद्यार्थी सहभागी बनेका छन् । जापानी खेल केन्दोको बेग्लै महत्व रहेकोले यो खेलमा नयाँ खेलाडी उत्पादन गर्ने हेतुले प्रशिक्षण सुरु भएको हो । पोखरा लर्नस एकेडेमीको सभाहलमा आयोजित प्रशिक्षण ४ दिन सम्म चल्नेछ ।

तालिममा फस्ट अन्तराष्ट्रिय मेडलिष्ट अमित चौधरी र अन्तराष्ट्रिय मेडलिष्ट खेलाडी दिपेश डंगोलले सहजीकरण गर्ने नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी तर्दथ समितिका अध्यक्ष विधान गौतमले जनाए । गण्डकी प्रदेशमा केन्दो खेलको विकास गर्दै नयाँ खेलाडी उत्पादन गर्न आफुहरुले लक्ष्य रहेको अध्यक्ष गौतमले बताए ।

केन्दो खेलमा लाग्न खोज्ने खेलाडीले छोटो समयमानै राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगीतामा भाग लिने मौका पाउने नेपाल ईआइदो एण्ड केन्दो संघ कास्की जिल्लाका अध्यक्ष महेश्वर रिमालले बताए । चार दिने तालिममा सहभागीलाई केन्दो सम्बन्धि वेसिक ज्ञान प्रदान गरी उनीहरुलाई खेल्न सक्ने बनाइने नेपाल ईआइदो एण्ड केन्दो संघका केन्द्रिय सचिव तथा केन्दो खेलका प्रमुख प्रशिक्षक अमित चौधरीले बताए ।चौधरी केन्द्रोको थर्ड डन प्राप्त गर्ने पहिलो खेलाडी हुन् । नयाँ खेलको बारेमा जानकारी प्राप्त गरी अगाडी बढ्न पाउने भएपछि सहभागीहरु पनि उत्साहित छन् ।

जापानीज खेल केन्दो वि.स. २०५८ मा नेपालमा भित्रिएको हो । हाल विश्वका १ सय १० देशमा यो खेल खेलिन्छ । मार्सल आर्ट सम्बन्धि यो खेल तर्फको आर्कषण नेपालमा पनि बढ्दै गएको नेपाल ईआइदो एण्ड केन्दो संघ गण्डकी तर्दथ समितिका सचिव राजाराम पौडेलले बताए । गतवर्ष थाइल्याण्ड तथा भियतनाममा भएको केन्दो खेल प्रतियोगीतामा नेपालले अन्तराष्ट्रिय पदक जितेको थियो ।

Get real time updates directly on you device, subscribe now. (अपडेटहरू सिधै तपाइँको ब्राउजरमा प्राप्त गर्न सब्स्क्राइब् गर्नुहोस्।

अरु सम्बन्धित खबरहरु