चैत अन्तिम साता कास्कीमा क्यानोनिङ प्रतियोगिता हुने

पोखरा, २० चैत /चैतको अन्तिम साता कास्कीको बिरेठाँटीमा साहसिक खेल क्यानोनिङ प्रतियोगिता हुने भएको छ । बिरेठाँटी क्यानोनिङको आयोजना तथा पोखरा क्यानोनिङ प्रालिको सहआयोजनामा अन्नपूर्ण गाउँपालिकाको बिरेठाँटी छहरामा तीन दिन सम्म प्रतियोगिता हुनेछ । चैत २९ गतेदेखि बैशाख १ गतेसम्म हुने क्यानोनिङ प्रतियोगितामा ५० भन्दा बढीको सहभागीता हुने कार्यक्रम संयोजक पूर्ण कोने गुरुङले बताए ।

प्रतियोगिता अन्तर्गत पहिलो चरणमा उत्कृष्ट १०, दोश्रो चरणमा उत्कृष्ट ५ छनौट गरेर अन्तिम प्रतिष्पर्धाबाट बिजेता छनौट गरिने उनले जानकारी दिए । प्रतियोगीले क्यानोनिङ गर्दा लगाएको समयलाई आधार बनाएर बिजेता छनौट गर्ने उनको भनाई छ । प्रतियोगिताका बिजेताले नगद ३० हजार, दोस्रोले २० हजार र तेस्रोले १० हजार नगदसहित, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् । प्रतियोगिता सम्पन्न गर्न करिब ५ लाख रुपैयाँ लाग्ने आयोजकको अनुमान छ ।

क्यानोनिङ प्रतियोगिताको अवसरमा राष्ट्रिय कलाकारहरुको लाइभ कन्सर्ट, पुल डान्स पार्टी र स्थानिय कलाकारहरुबाट पञ्चेबाजासहित सांस्कृतिक कार्यक्रम उनले बताए । प्रतियोगिताले क्यानोनिङ गाइडहरुलाई लाइसेन्स दिलाउन दबाव दिने सहआयोजक पोखरा क्यानोनिङ प्रालि सञ्चालक राम गुरुङले बताए । उनले राज्यले वैधानिक रुपमा लाइसेन्स दिनुपर्ने बताए ।

कमेन्टहरु
Loading...