कास्की जिल्ला लिगमा लिग चरणका खेल सम्पन्न, आइतबार देखी क्वाटर फाईनलका खेल हुदै

पोखरा, २५ साउन / कास्की जिल्ला लिग फुटबल प्रतियोगिता अन्तर्गत लिग चरणका सम्पूर्ण खेल सम्पन्न भएका छन् ।

लिग अन्तर्गत शुक्रबार नै सात टिम दोस्रो चरणमा प्रवेश गर्दा एलजीले भने शनिबार आफ्नो खेलमा जित निकाल्दै दोस्रो चरणमा प्रवेश गरेको हो एलजीले रामघाटलाई ६-० गोलको फराकिलो गोल अन्तरले पाखा लगाउदै दोस्रो चरणमा आफ्नो स्थान सुरक्षित बनाएको हो ।

लिग अन्तर्गत समूह चरणको खेलमा समूह ए बाट ड्यामसाइड र पोखरा युनाइटेड नक आउट चरणमा प्रवेश गरेको छ । समूह बि बाट आदर्श युवा क्लब भण्डारढिक र संगम क्लब नक आउट चरणमा प्रवेश गरेको छ ।

समूह सि बाट विष्णुपादुका र एलजीले , समूह डि बाट बि-१३ र इन्द्रेणी नक आउट चरणमा प्रवेश गरेको छ ।

लिग अन्तरगत नक आउट चरणको क्वाटरफाइनल खेलमा संगमले ड्यामसाइड संग प्रतिस्पर्धा गर्ने छ । त्यस्तै पोखरा युनाइटेडले आदर्श युवा क्लब भण्डारढिक संग खेल्ने छ भने विष्णुपादुकाले इन्द्रेणी र बि-१३ ले एलजी संग प्रतिस्पर्धा गर्ने छन ।

कमेन्टहरु
Loading...