कास्की जिल्ला विद्यालय स्तरिय व्याडमिन्टनको उपाधी प्रगती माबीलाई

पोखरा, १३ भदौ / कास्की जिल्ला व्याडमिन्टन संघले पोखरामा आयोजना गरेको “१७ औं जिल्ला स्तरिय अन्तर

विद्यालय इन्द्र बहादुर गुरुङ स्मृती ब्याडमिन्टन प्रतियोगिता–२०७५” मा ओभरअल च्याम्पियन बन्दै प्रगती

माबीले उपाधी हासिल गरेको छ । सम्पन्न खेलमा प्रगतीले २७ अंक बटुल्दै उपाधी हासिल गरेको हो ।

मंलवार सम्पन्न फाइनल खेलमा कक्षा ११ र १२ मावी तर्फ छात्रा डवल्स फाइनलमा टप्सकी आकृती केसी र

स्मृती गर्बुजाको जोडीले ग्लोबलकी सुजिता गुरुङ र शलोनी गुरुङको जोडीलाई २१–१३ र २१–११ को सोझो सेटमा

पराजित ग¥यो । यहि खेलमा स्टेप वाई स्टेपकी राधा अर्याल र सम्झना न्यौपानेको जोडी र शान्तिनिकुञ्जकी

जिना जलारी र सुकृतीको जोडीले तेश्रो स्थान प्राप्त गरे ।

कक्षा ११ र १२ मावी तर्फ छात्र डवल्स फाइनलमा गण्डकीका विधान अधिकारी र निकेश खडकाको जाडीले

रेन्वोको मोहित शेन र खेमराज गुरुङको जोडीलाई २१–९ र २१–२१–१६ को सेटमा पाखा लगाए । यहि स्पर्धामा

सगरमाथाका ओम थापा र अरुण क्षेत्रीको जोडी तथा ग्लोबलको विशेष बस्नेत र बरुण गुरुङको जोडी तेश्रो भए ।

कक्षा ११ र १२ मावी तर्फ छात्रा सिंगल्स फाइनलमा टप्सकी आकृती अधिकारीले जनप्रियकी सबिना आचार्यलाई

२१–१२ र २१–११ को सेटमा हराइन भने यहि खेलमा ग्लोबलकी सुजिता गुरुङ र शान्तिनिकुञ्जकी जिना

जलारीले तेश्रो स्थान प्राप्त गरे ।

कक्षा ११ र १२ मावी तर्फ छात्र सिंगल्स फाइनलमा गण्डकीका बिधान अधिकारीले सगरमाथाका ओमथापा लाई

२१–१६ र २१–७ को सोझो सेटमा हराएका थिए भने तेश्रो स्थान स्टेप बाइ स्टेपका सुदिप भण्डारी र शैनिकका

स्पन्दन श्रेष्ठ तेश्रो भए ।

कक्षा ९ र १० माबी तहको छात्रा सिंगल्सको फाइनलमा टप्सकी प्रजिता गुरुङ प्रथम, टस्पकै अलिशा बलाल

द्वितिय, पोखरा लर्नसकी सदिक्षा आचार्य र प्रगतीकी शितल केसी तृतिय भए । सोही स्पर्धाको छात्र तर्फ

प्रगतीका शसांक अधिकार िप्रथम, शैनिकका काजी थापा द्वितिय, शैनिककै पवन गुरुङ र प्रगतीका ओलिभर

गुरुङ तृतिय भए ।

कक्षा ९ र १० माबी तह तर्फ छात्र डवल्समा प्रगतीका ओलिभर गुरुङ र शसांक अधिकारीको जोडीले सोझो सेटमा

शैनिकका पवन गुरुङ र काजी थापाको जोडीलाई २१–१७, २१–१४ ले पराजित ग¥यो । यहि स्पर्धामा शैनिकका

शौरभ बराल र शौरभ थापाको जोडी तथा प्रगतीका आयुष केसी र जिवन श्रेष्ठको जोडी तेश्रो भएका छन ।

कक्षा ९ र १० माबी तह छात्रा डवल्स तर्फ टप्सकी प्रजिता गुरुङ र अलिशा बलालको जोडीले प्रगतीका निरझरा

खडका र शितल केसीको जोडीलाई फाइनलका पराजित ग¥यो भने यहि स्पर्धाको तेश्रो स्थानमा प्रगतीकी कृती

पोखरेल र बिनिता बस्तिलाको जोडी तथा पोखरा एकेडमीको नमुना खड्का र शबिना गुरुङको जोडीले तेश्रो स्थान

प्राप्त ग¥यो ।

उता

कक्षा ८ सम्मको आधारभूत तहको छात्रा सिंगल्समा प्रगतीकी निरझरा खडका प्रथम, पोखरा एकेडमीकी नमुना

खडका द्वितिय, प्रगतीकी विद्यायिका अधिकारी र येमी गुरुङ तेश्रो भएका छन । सोही स्पर्धाको छात्र तर्फ

प्रगतीका शसांक अधिकारी प्रथम, शैनिक शौरभ बराल द्वितिय, प्रगतीका शौरभ खडका र कुमुदिनीका निश्चल

गुरुङ तृतिय भए ।

प्रतियोगितामा छात्र तर्फ प्रगतीका शसांक अधिकारी र छात्र तर्फ टप्सकी प्रजिता गुरुङ सर्वोत्कृष्ट खेलाडी घोषित

हुँदै करिब १८ हजार ५ सय बरावरको माउन्टेन बाइक प्राप्त गरे । यसैगरि प्रतियोगितामा उदियमान खेलाडीको

पुरुस्कार जनप्रियका अमन गुरुङले प्राप्त गरे । प्रतियागितामा शैनिकका दिपक खत्री राइजिङ प्लेयरको उपाधी

पाए । एसओएस विद्यालयले अनुशासित विद्यालयको उपाधी प्राप्त गर्दा शैनिकले वेष्ट ड्रेसको उपाधी पायो ।

उनीहरु सबैले ट्रफी सहित ७ हजार बरावरको खेल सामाग्री समेत पाए ।

बिजेता खेलाडीहरुलाई गण्डकी प्रदेशका सांसद एवम बिकास समितीका सभापती दिपक कोइराला, नेपाल

व्याडमिन्टन संघका अध्यक्ष रामजी बहादुर श्रेष्ठ, कास्की जिल्ला खेलकुद बिकास समितीका अध्यक्ष याम गुरुङ

लगाएतले ट्रफी, मेडल र प्रमाणपत्र वितरण गरेका थिए । कास्की जिल्ला व्याडमिन्टन संघका अध्यक्ष डम्बर

गुरुङको अध्यक्षतामा भएको कार्यक्रमलाई सचिब दुर्गा जोजिजुले संचालन गरेका थिए ।  भदौ १० गते बाट

सुरु भएको प्रतियोगितामा विभिन्न विद्यालयका २ सय ३ जना विद्यार्थीहरुको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...