कास्कीका जिल्ला हंकी संघको अध्यक्षमा बस्नेत

पोखरा ३० पुस / कास्की जिल्ला हंकी संघको अध्यक्षमा दानबहादुर बस्नेत चयन भएका छन् । पोखरामा सम्पन्न अधिवेशनले चार वर्षेका लागि नयाँ कार्य समिति चयन गरेको हो ।

संघको उपाध्यक्षत्रयमा ज्ञानु परियार, ममता कार्की, अनिलविक्रम खाँड, महासचिवमा एकराज गिरी, सचिवमा भरत थापा, सहसचिवमा विजय कुमार नेपाल, कोषाध्यक्षमा मनोजकुमार भटराई र सहकोषाध्यक्षमा संजय आले चयन भएका छन् ।
संघको सदस्यमा विजयकुमार नेपाल, शंकर नेपाली, डेसन गुरुङ र सागर खाँड, सरोज पौडेल चयन भएका छन् ।

अधिवेशन हंकी संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो । उहाँले हकी खेलको विकासमा नयाँ टिमले अझै राम्रो काम गर्ने विश्वास ब्यक्त गरे ।

अध्यक्ष दानबहादुर बस्नेतले हंकी खेलको विकासका लागी चार वर्षमा नयाँ जोश र जागरका साथ काम गर्ने प्रतिबद्धता ब्यक्त गरे । पोखरामा हंकीको पूर्वाधार र प्रशिक्षको अभावमा खेलले गति लिन नसकेको बताउदै त्यसका लागी पहल गरिने अध्यक्ष बस्नेतले बताए ।

कमेन्टहरु
Loading...