जिल्ला लिगमा शनिबार देखि क्वाटरफाइनल

पोखरा २९ माघ । पोखरामा रगंशालामा जारी स्व. बलराम केसी स्मृती रेडबुल जिल्लास्तीय लिग फुटवल प्रतियोगितामा आज शनिबारदेखि क्वाटरफाइनलका खेल सुरु हुने भएा छन् । शुक्रबार लिग चरणका खेल सकिएपछि शनिबारदेखि नकआउट चरणका खेल हुने भएका हुन् ।

शुक्रबार भएको खेलमा सत्य युवा क्लबले ढिकुरपोखरी युवा सञ्जालको पोष्टमा सात गोल गरेको छ । सत्यले ढिकुरपोखरीलाई ७–० को फराकिले जित निकाल्दै क्वाटरफाइनलको यात्रा पक्का गर्यो । सत्यकोजितमा गोविन्द्र गुरुङले दुई, भुपाल गुरुङ, हरि गुरुङ, क्षितिज रन्जित, अनिल ओझा र सुनिल वि.क ले एक एक गोल गरे । भने ढिकुपोखरीले कुनैपनि गोल गर्न सकेन् ।

अर्को खेलमा ड्यमसाइड युवा क्लबले हेम्जा यूनाइटेडलाई ३–० गोलले पाखा लगाउदै क्वाटरफाइनल प्रवेश गरेको छ । ड्यामसाइडको जितमा सुनिल गिरी, लोकबहादुर मगर र प्रताप सैजुले गोल गरे । शुक्रबारकै खेलमा संगम क्लबले आर्दश क्लब भण्डाढिकलाई ३–२ को कठिन जित निकाल्यो । संगमको जितमा राकेश गुरुङले एक र विश्व अधिकारी दुई गोल गरे भने आर्दशका लागी विश्व गुरुङ र सुमन घलेले एक एक गोल गरे ।

अर्को खेलमा नयाँगाँउ र नागढुङगा फुटबल क्लब वीचको खेल २–२ गोलको बराबरीमा सकिएको छ । नयाँगाउका लागी दिनेश गुरुङ र गणेश गुरुङले गोल गरे भने नागढुङगाका लागी सफल थापा र अजिज मियाँले एक एक गोल गरे । दुवै टिम क्वाटरफाइनल प्रवेश गरेका छन् ।
प्रतियोगिता अन्र्तगत शनिबार हुने क्वाटरफाइनल खेलमा ड्यामसाईड विरुद्ध नवआर्दश, संगम विरुद्ध डेविडफल्स, एल्जी विरुद्ध नागढुङगा र सत्य युवा क्लब विरुद्ध विष्णुपादुका वीच प्रतिस्पर्धा हुने छ ।

कमेन्टहरु
Loading...