कास्कीमा छात्रा फुटबल शुरुः रौतहटमा कास्कीको विजयी शुरुवात

पोखरा, २८ असार /अखिल नेपाल फुटबल संघ (एन्फा)को आयोजना तथा कास्की जिल्ला फुटबल संघको संयोजनमा बिहिबारदेखि पोखरामा विद्यालयस्तरिय छात्रा फुटबल प्रतियोगिता शुरु भएको छ ।

प्रतियोगिता अन्तर्गत बिहिबारका खेलहरुमा ज्ञानकुञ्ज बोर्डिङ्ग स्कुल र कास्की मोर्डनाइज विजयी भएका छन् । ज्ञानकुञ्जले बेसलाइनलाई २–० ले तथा कास्की मोर्डनाइजले सेन्ट फ्रान्सिस्कोलाई ५–२ गोलले पराजित गरेको हो । १३ टिम सहभागि प्रतियोगितामा शुक्रबार ३ खेल हुने प्रतियोगिता संयोजक विश्व तण्डुकारले जानकारी दिए ।

त्यसैगरि छात्रतर्फको खेलमा टप्स, अम्मरसिंह, शिशु कल्याण र क्वाटरफाइनलमा प्रवेश गरेका छन् । टप्सले सोसल पब्लिकलाई ६–० ले, अम्मरसिंहले छोरेपाटनलाई १–० ले, शिशु कल्याणले कास्की मोर्डनाइजलाई ४–३ ले तथा पराजित गर्दै क्वाटरफाइनलमा स्थान बनाएका हुन् ।

उता रौतहटको चन्द्र निगाहपुरमा जारी महिला उपराष्ट्रपति राष्ट्रिय महिला च्याम्पियनसीप प्रतियोगितामा कास्कीले विजयी शुरुवात गरेको छ । आफ्नों पहिलो खेलमा कास्कीले पाँचथरलाई २–१ गोलले पराजित गरेको कास्की जिल्ला फुटबल संघका महासचिव रमेश कार्कीले जानकारी दिए ।

कमेन्टहरु
Loading...