क्रिकेट संघको कार्यक्रम– राष्ट्रियस्तरको प्रतियोगिता देखि स्कोरर तालिमको योजना

पोखरा, २२ भदौ/ कास्की जिल्ला क्रिकेट संघले विद्यालयस्तरीय छात्र/छात्रा क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको छ । संघका पदाधिकारीसँगै पूर्व राष्ट्रिय खेलाडी एवं गण्डकी प्रदेश क्रिकेट संघका पदाधिकारीसहितको बैठकमा कास्की जिल्ला क्रिकेट संघले विद्यालयस्तरीय क्रिकेटपछि जिल्लास्तरीय क्रिकेट प्रतियोगिता गर्ने निर्णय गरेको छ ।

संघका अध्यक्ष सञ्जयकान्त सिग्देलका अनुसार यो वर्ष छात्र तर्फ कम्तिमा १२ र छात्रा तर्फ ४ टोलीलाई सहभागि गराईने लक्ष्य समेत राखिएको छ । त्यसको लागि विभिन्न विद्यालयमा १ हप्ते प्रशिक्षण शिविर समेत सञ्चालन गरिने अध्यक्ष सिग्देलले जानकारी दिए । संघको अर्को महत्वपूर्ण निर्णय गर्ने क्रममा जिल्लामा आवद्ध क्लबहरुको सहभागितामा एक दिवसीय र टी–२० दुवै स्वरुपमा जिल्ला लिग सञ्चालन गरिने छ ।

‘कास्की जिल्ला क्रिकेट संघमा अहिले ५ क्लब आवद्ध छन् ।’ उनले भने–‘नयाँ दर्ताको लागि निवेदन परे अनुबन्धन गरिने छ ।’ सांग्रिला, अरण्यज्योति, कंक्रा, माछापुच्छ«े, पोखरा क्रिकेट क्लब छन् ।

संघले क्रिकेटको विकासको लागि नयाँ युवाहरुलाई सक्रिय बनाईन क्लब दर्ताको लागि आह्वान समेत गरेको छ । जिल्ला संघमा आवद्ध क्लबहरुलाई क्रिकेट प्रतियोगिता आयोजन ागर्न प्रोत्साहन गरिने उल्लेख छ । संघले पछिल्लो समय क्रिकेटको स्तर खस्कदैं गएको जिकिर गर्दै प्रतियोगितालाई निरन्तरता दिने अठोट लिएको हो । अम्पायर तथा स्कोरर तालिम समेत दिनुपर्ने खाँचो औल्याउँदै संघले क्षेत्रीय क्रिकेट विकास समिति क्षेत्र नं ८ को आयोजनामा जिललाबाट १४ जना अम्पायर तथा स्कोररलाई सक्रिय गराई नयाँ अनुहारलाई संलग्न गराउँदै विस्तृत तालिम सञ्चालन गरिने संघका अध्यक्ष सिग्देलले सुनाए ।

संघले प्रतियोगितासँगै विभिन्न उमेर समूह, टी–२० तथा एक दिवसिय सिनिर क्षेत्रीय तथा राष्ट्रिय प्रतियोगिताको तयारीको लागि प्रतियोगिता अघि १ हप्ते बन्द प्रशिक्षण पोखरामा सञ्लान गरिने उल्लेख गरेको छ । राष्ट्रिय टोलीको बन्द प्रशिक्षणले जिल्लाका खेलाडीले सिनियरसँग अनुभव साट्न पाउने विश्वास कास्की जिल्ला क्रिकेट संघले लिएको छ । संघले मनोरन्जनात्मक क्रिकेट सञ्चालन गर्ने योजना बनाएको छ । विभिन्न व्यावसायिक संघ संगठनको सहभागितामा सुपर सिक्स क्रिकेट प्रतियोगिता सञ्चालन गरिने छ । सञ्चार जगतसँग वार्षिक रुपमा मैत्रीपूर्ण क्रिकेट सञ्चालन गर्ने लक्ष्य छ ।

संघले पोखराका स्थानीय प्रतिष्ठित क्लब तथा सरकारी, गैर सरकारी संस्थाहरुको सहयोगमा राष्ट्रियस्तरको प्रतियोगिता समेत सञ्चालन गर्ने लक्ष्य राखिएको बैठकमा निर्णय गरिएको छ । संघलाई आवश्यक पर्ने कर्मचारी, प्रशिक्षक, क्युरेटरको लागि राष्ट्रिय खेलकुद परिषदसँग माग गरिने छ । संघसँगै कुनैपनि कर्मचारी छैनन् । जिल्लामा परिषदबाट नियुक्त क्रिकेट प्रशिक्षक तथा क्युरेटर नै छैनन् ।

संघले क्रिकेट विकासको लागि पोखरा रंगशालासँगै बैकल्पिक मैदान निर्माण गर्नुपर्नेमा जोड दिदैं आएको छ । बैकल्पिक मैदानको लागि पोखरा ३३ स्थित पशुपति घाटको जग्गालाई उपयुक्त समेत ठहर्याइएको छ । गण्डकी प्रदेशले समेत उक्त जग्गालाई प्रस्तावित क्रिकेट मैदानको रुपमा राखेको छ ।

कमेन्टहरु
Loading...