कमल र राजु ३५ वर्ष माथिको उपाधीका लागि भिड्ने

पोखरा ,१४पुष /नेपालका शिर्ष वरियता खेलाडी कमल भण्डारी र गोरखाका राजु श्रेष्ठ पोखरामा जारी १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता अन्तर्गत ३५ वर्ष माथिको एकल उपाधीका लागि भिड्ने भएका छन् ।कास्की जिल्ला टेनिस संघद्वारा आयोजित प्रतियोगिता अन्तर्गत शुक्रबार भएको सेमिफाइनलमा कमलले छेवाङ लामालाई ६–१, ६–१ ले तथा राजु श्रेष्ठले महेश श्रेष्ठलाई ६–२, ६–३ ले पराजित गर्दै फाइनलमा स्थान बनाएका हुन् ।

४५ वर्ष माथिको एकलतर्फको उपाधीका लागि चिर परिचित प्रतिद्वन्दि धरमबहादुर लामिछाने र विमल गुरुङ्ग भिड्ने भएका छन् । धरमले अनु जोनलाई ६–४, ७–६ ले तथा विमलले विकाश गुरुङ्गलाई ४–६, ६–१ र सुपरटाईमा १०–४ ले पािजित गर्दै धरमसंगको भिडन्त निश्चित गरेका हुन् ।५५ वर्ष माथिको एकलफर्त प्रदिप शाहले अनिल तुलाचनलाई ६–२, ६–३ ले पराजित गरेका छन् । ४५ वर्ष माथिको डबल्सफर्त धरमबहादुर लामिछाने र बिमल गुरुङ्गको जोडीले फाइनलमा स्थान बनाएको छ । मनोज राणा र आशिष सिग्देलको जोडीलाई ६–१, ६–४ ले पराजित गर्दै लामिछाने जोडीले फाइनलमा स्थान बनाएका हुन् ।

कमेन्टहरु
Loading...