माछापुच्छ्रे भेट्रान्स टेनिसमा कमलको ह्याटिक

पोखरा,१५ पुस/कास्की जिल्ला टेनिस संघको आयोजनामा पोखरा रंगशालामा आयोजित १६ औं माछापुच्छ्रे बैंक पोखरा ओपन भेट्रान्स टेनिस प्रतियोगिता सम्पन्न भएको छ । प्रतियोगितामा ३५ वर्ष माथिको एकल उपाधी कमल भण्डारीले जिते । फाइनल खेलमा राजु श्रेष्ठलाई ६–३, ६–३ को सोझो सेटमा पराजित भण्डारले लगातार तेश्रो पटक यो उपाधी आफ्नों नाम गराएका हुन् ।

४५ वर्ष माथिको एकलतर्फको उपाधी बिमल गुरुङ्गले जिते । पोखराका धरमबहादुर लामिछानेलाई ३–६, ६–३ र सुपरटाइमा ११–९ ले पराजित गर्दै बिमलले प्रथम स्थान हाँसिल गर्न सफल भए । ५५ वर्ष माथिको एकल उपाधी प्रदिप शाहले जिते । उनले राजु गुरुङ्गलाई ६–०, ६–१ को सहज सेटमा पराजित गरेका थिए ।४५ वर्ष माथिको उपाधी धरमबहादुर लामिछाने र बिमल गुरुङ्गको जोडीको पोल्टामा गयो । राजु क्षेत्री र सुदर्शन विष्टको जोडीलाई ६–४, ७–५ को सेटमा पराजित गर्दै लामिछाने जोडीले सो उपाधी रक्षा गरेको हो ।

६५ वर्ष माथिको एकलतर्फ लक्ष्मी गुरुङ्गले वाकओभर दिएपछि डा. इन्द्रजित राई विजयी भए । ५५ वर्ष माथिको डबल्सतर्फ मनोज राणा र प्रदिप शाहको जोडी प्रथम भयो । समिर शेरचन र अनिल तुलाचनको जोडीमाथि ६–४, ६–४ को नतिजा निकाल्दै राणा र शाहको जोडीले सो उपाधी आफ्नों गराएको हो ।प्रतियोगितामा ३५ वर्ष माथिको एकलतर्फ विजेताले नगद ५० हजार तथा उप–विजेताले नगद २५ हजार, डबल्सतर्फका विजेतले १५ हजार र उप–विजेताले ८ हजार नगद पुरस्कार प्राप्त गरे । त्यस्तै, ४५ वर्ष माथिको एकलतर्फको विजेताले नगद २० हजार र उप–विजेताले १५ हजार तथा उप–विजेताले ८ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । ५५ वर्ष माथि एकलतर्फको विजेताले नगद २० हजार र उप–विजेताले नगद १० हजार प्राप्त गरे । त्यसैगरि डबल्सतर्फको विजेताले नगद १५ हजार र उप–विजेताले नगद ८ हजार सहित ट्रफि पुरस्कार गरे ।

विजयी खेलाडीहरुलाई प्रतियोगिताको मुख्य प्रायोजक माछापुछ्रे बैंकका अध्यक्ष रोशन केसी, सहप्रायोजक ट्याङ्कुलिटि स्पा का निर्देशक रनिल फैंजु लगायतले पुरस्कार वितरण गरे । आयोजक संघ कास्कीका अध्यक्ष दोर्जे लामाको सभाध्यक्षमा भएको समापन समारोह खेलाडी सूर्य भुजेलले सञ्चालन गरेका थिए ।

कमेन्टहरु
Loading...