लिटिल स्टेप, टप्स तथा डाईमण्ड र माउन्ट अन्नपूर्ण सेमिफाइनलमा

पोखरा ५, फागुन

पोखरा रंगशालामा जारी १३ औं संस्करणको कर्णेल जेपिक्रस अन्तरविद्यालय
छात्र÷छात्रा बास्केटबल प्रतियोगिता अन्र्तगत भोलि विहिबार छात्र तर्फका
सेमिफाईनलका खेलहरु हुने भएका छन ।

विहिबार लिटिल स्टेप उच्च मावि र टप्स
उच्च मावि विच पहिलो सेमिफाईनल खेल हुने भएको छ भने डाईमण्ड उच्च मावि
बिरुद्ध माउण्ट अन्नपूर्ण उच्च मावि विच दोश्रो खेल हुने भएको संघका अध्यक्ष नेत्र
बहादुर शेनले बताए । त्यसै गरुी छात्रा तर्फ विहिबार क्वाटरफाईनलका खेलहरु
हुने भएका छन ।

बुधबार छात्रा तर्फ भएको पहिलो खेलमा लिटिल स्टेपले माउण्ट अन्नपूर्णलाई
१०–८ को स्कोरले पराजित गर्दा अर्को खेलमा ग्लोवल कलिजियट उच्च माविले
डाईमण्ड उच्च माविलाई ८–४ को स्कोरले पन्छाउदै जित दर्ता गरेको हो ।
लिटिल स्टेपको जितमा गुनमाया खत्रीले ४ र ग्लोवलको जितमा ४ स्कोरको
योगदान दिईन ।

लिटिल स्टेपले अर्को खेलमा डाईमण्डलाई २२–११ को स्कोरले
पराजित गरेको छ । लिटिल स्टेपको जितमा अस्नी थापाले ८ स्कोरको योगदान
दिईन । त्यसै गरी छात्र तर्फ भएको खेलमा लिटिल स्टेपले पोखरा
युनाईटेडलाई २९–२० को स्कोरले पन्छायो । लिटिल स्टेपको जितमा अनुज
गुरुङले १३ स्कोरको योगदान दिए ।

अर्को खेलमा गगन पुनको १५ स्कोरको
मद्धतले डाईमण्डले कुमुदीनि होम्स उच्च माविलाई २६–२४ को स्कोरले पराजित
गर्यो । महेन्द्र पुनको १५ स्कोरको मद्धतले माउन्ट अन्नपूर्णले मनकामनालाई
३८–१४ ले पराजित गर्यो । कास्की मोडनाईजले छात्र तथा छात्रा तर्फका दुबै
खेलमा वाक ओभर दिदा टप्स उच्च माविले दुबै खेलमा वाक ओभरमा जित दर्ता
गर्यो ।

कमेन्टहरु
Loading...