छात्रातर्फ माउण्ट अन्नपूर्ण उमावि र टप्स उमावि ११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय बास्केटबलको फाइलमा

पोखरा, २६ मङ्सिर। डिफेडिङ च्याम्पियन माउण्ट अन्नपूर्ण उमावि र टप्स उमावि कास्की जिल्ला बास्केटबल सङ्घको आयोजना तथा कर्णेल जेपि क्रसको मुख्य प्रायोजनमा पोखरामा सञ्चालित ११ औं कर्णेल जेपि क्रस अन्तरविद्यालय छात्रछात्रा बास्केटबल प्रतियोगिताको छात्रातर्फ फाइनलमा प्रवेश गरेका छन्। यस्तै माउण्ट अन्नपूर्ण उमावि, सोसल पब्लिक स्कुल, लिटिल स्टेप उमावि र मनकामना बोर्डिङ स्कुल छात्रतर्फ सेमिफाइनलमा प्रवेश गरेका छन्।

बुधबार पोखरा रड्डशालास्थित बास्केटबल कोर्टमा भएको छात्रातर्फको पहिलो सेमिफाइनल खेलमा माउण्ट अन्नपूर्ण उमावि ए ले सरस्वती आदर्श विद्याश्रम लामाचौरलाई २९–६ ले पराजित ग¥यो। सो खेलमा माउण्ट अन्न्पूर्ण ए की कृष्मा पुर्जाले सर्वाधिक १५ स्कोर गरेकी थिइन्। दोस्रो सेमिफाइनल खेलमा टप्स उमाविले मनकामना बोर्डिङ स्कुललाई ९–४ ले पराजित ग¥यो।सो खेलमा टप्स उमाविकी मनिषा चौधरीले सर्वाधिक चार स्कोर गरेकी थिइन्।

छात्रतर्फ भएको पहिलो क्वाटरफाइनल खेलमा माउण्ट अन्नपूर्ण उमाविले सरस्वती आदर्श विद्याश्रमलाई ३७–३४ ले पराजित ग¥यो। सो खेलमा माउण्ट अन्नपूर्णका तारा पुनले सर्वाधिक १७ स्कोर गरेका थिए। दोस्रो क्वाटरमा सोसल पब्लिक स्कुलले वेलनन एकेडेमीलाई १४–४ ले पराजित ग¥यो। सो खेलमा सोसल पब्लिकका प्रविन गुरुङले सर्वाधिक पाँच स्कोर गरेका थिए। तेस्रो क्वाटरमा मनकामना बोर्डिङ स्कुलले बालकल्याण बोर्डिङ स्कुललाई ६७–४८ ले पराजित ग¥यो। सो खेलमा मनकामनाका सुदीप पुनले सर्वाधिक २३ स्कोर गरेका थिए। चौथो क्वाटरमा लिटिल स्टेप उमाविले कुमुदिनी होम्सलाई ३६–३३ ले पराजित ग¥यो। सो खेलमा लिटिल स्टेपका राजकुमार विकले सर्वाधिक १६ स्कोर गरेका थिए।

यसअघि बुधबार भएको लिगचरणको अन्तिम खेलमा लिटिल स्टेपले एसओएस बालग्रामलाई ३०–५ ले पराजित गर्दै समूह बी को उपविजेता हुँदै क्वाटरफाइनलमा प्रवेश गरेको थियो। सो खेलमा लिटिल स्टेपका राजकुमार विकले सर्वाधिक आठ स्कोर गरेका थिए।बिहीबार छात्रतर्फ माउण्ट अन्नपूर्ण उमावि र सोसल पब्लिक स्कुलबीच पहिलो सेमिफाइनल तथा लिटिल स्टेप उमावि र मनकामना बोर्डिङ स्कुलबीच दोस्रो सेमिफाइनल खेल हुनेछ भने छात्रातर्फको तेस्रो स्थानको लागि मनकामना र सरस्वती आदर्श विद्याश्रम प्रतिस्पर्धा गर्नेछन्।दिउँसो एक बजे छात्रातर्फ माउन्ट अन्नपूर्ण उमावि र टप्स उमावि उपाधिको लागि प्रतिस्पर्धा गर्नेछन् भने अन्तिममा छात्रतर्फको फाइनल खेल हुने सङ्घका सचिव धोजकुमार गुरुङले जानकारी दिए।

प्रतियोगितामा प्रथम हुने छात्रछात्रा टीमलाई जनही पाँच हजार, द्वितीय हुने टीमलाई नगद तीन हजार र तृतीय हुने टीमलाई नगद दुई हजार, ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ।

कमेन्टहरु
Loading...