झरना र जुनी फाइनलमा, कम्तिमा रजत पक्का

भारत, सिलोङ, २५ माघ/भारतमा जारी बाह्रौं दक्षिण एसियाली खेलकुद (साग) मा उसु तर्फ झरना गुरुङ र जुनी राई फाइनलमा प्रवेश गरेका छन् । झरना ५२ केजी तौल समूहमा र जुनी ६० केजी तौल समूहमा फाइनलमा प्रवेश गरेका हुन् । फाइनल प्रवेश गरेका दुबैले कम्तिमा रजत पदक पक्का गरेका छन् ।

सिलोङ्गमा आज उसु तर्फ भएको ६२ केजी तौल समूहमा पोखरेली चेली झरनाले अफ्गानिस्तानकी जमिरा इब्राहिमलाई पराजित गर्दैै फाइनलको यात्रा तय गरिन् । उनले स्वर्ण पदकका लागि भोलि प्रतिष्पर्धा गर्नेछिन् ।

त्यस्तै, आजै भएको ६० केजी तौल समूहमा जुनीले पाकिस्तानकी रुक्सना हनिफलाई पराजित गर्दै फाइनलको यात्रा सुरक्षित गरिन् । डोल्पा घर भइ काठमाडौं बस्ने उनले पनि भोलि स्वर्ण पदकका लागि प्रतिष्पर्धा गर्नेछिन् ।

कमेन्टहरु
Loading...