जाइका स्वयं सेबक टोली र नेपाली हयाण्डबल खेलाडीहरुले खेले मैत्रीपूर्ण ह्याण्डबल

पोखरा, ९ मंसिर​/पोखरा रंगशाला स्थित नवनिर्मित ह्याण्डबल एकेडेमीमा शनिबार नेपाल स्थित जाइका स्वयं सेबक टोली र नेपाली पूर्व तथा राष्ट्रिय ह्यण्डबल सम्मिलित खेलाडीहरुका बिच मैत्रीपूर्ण ह्याण्डबल खेल सम्पन्न भएको छ । उक्त मैत्रीपूर्ण खेलमा नेपाली खेलाडीहरुले १३ गोल गरे भने जाइका स्वयं सेबक टोली १२ गोल गर्न सफल रहे ।

कार्यक्रममा कास्की जिल्ला हयाण्डबल संघले राष्ट्रिय खेलकुद परिषद बोर्ड सदस्यमा राजेश गुरुङ नियुक्त भएकोमा बधाई समेत दिएको थियो । कार्यक्रममा बोल्दै परिषद सदस्य गुरुङले ह्याण्डबल एकेडेमीको थप आवश्यक पूर्वाधार सम्पन्न गर्न र मैदान भित्र फलोड् लाइटको व्यवस्था गर्न आफूले पहल गर्ने बताएका छन । उनले पोखरा रं्रगशालामा आवश्यक अन्य अन्तर्राष्ट्रिय स्तरका पूर्वाधारको कामलाई पनि ब्यबस्थित बनाउँदै लैजाने बताए ।

सो कार्यक्रममा बोल्दे नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङले नेपालमा ह्याण्डबल खेलको बिकासलाई अगाडी बढाउन ह्याण्डबलका पूर्वाधार बिकास एवम प्रतियोगिताहरुलाई अगाडी बढाउन संघ प्रयत्नशिल रहेको बताए । जाइका स्थित खेलकुद स्वयं सेवक कार्यक्रमका संयोजक तानाका तेपेइले जाइकाले नेपालको बिकासमा विगत ४८ वर्ष देखि निरन्तर रुपमा काम गरिरहेको बताउँदै शिक्षा, स्वास्थ्य, सडक, सिचाई, कृषी र समुदायमा आधारित कार्यक्रमहरुलाई विशेष जोड दिएर सहयोग गरिरहेको बताए । उनले नेपालको खेलकुदको जग बलियो बनाउन हयाण्डबल, फुटबल, सफ्ट बल , शारिरिक शिक्षा लगाएत अन्य खेलकुदका क्षेत्रमा विशेष तवरले सहयोग गरेको समेत जानकारी दिए ।

कार्यक्रममा प्याब्सन कास्कीका नव निर्वाचित कोषाध्यक्ष श्रीकृष्ण अधिकारीलाई समेत सम्मान गरिएको थियो । संघका अध्यक्ष क्या. जग बहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा, जाइका ह्याण्डबल प्रशिक्षक केन्जी इशिहारा, संघका प्रथम उपाध्यक्ष चित्र थापा र सचिब टेक गुरुङले समेत मन्तब्य राखेका थिए ।

कमेन्टहरु
Loading...