सरकारको प्राथमिकता ‘साग र आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता’–मन्त्री विश्वकर्मा

पोखराको फुटबल स्टेडियम छिटै

पोखरा, २८ असार/युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा(सुनार)ले खेलकुदका पुर्वाधार अन्तर्गत राष्ट्रिय गौरवका आयोजनालाई सरकारले प्राथमिकतामा राख्दै काम अगाडि बढाएको बताएको बताएका छन् । उनले गन्थनडटकम सँग कुरा गर्दै राष्ट्रिय गौरवका आयोजनलाई यथोचित बजेट विनियोजन गरेर समयमै सक्ने लक्ष्य सरकारले लिएको बताए ।

‘साग गेम्स र राष्ट्रिय खेलकुद प्रतियोगिताको आवश्यक पुर्वाधार निर्माणमा सरकारको प्राथमिता छ ।’ उनले भने–‘जुन पुर्वाधार राष्ट्रिय गौरवसँगै देशको प्रतिष्ठासँग समेत जोडिएको छ ।’ मन्त्री विश्वकर्माले काठमाडौमा सुविधा सम्पन्न रंगशाला निर्माण गर्ने र सातै प्रदेशमा रंगशाला निर्माणको अभियान सरकारले लिएको जानकारी दिए । उनले साग गेम्सको पुर्वाधारमा सरकारले कुनै कसर समेत नराख्ने स्पष्ट पारे ।

‘काम सममै सक्ने गरी अगाडि बढाईएको छ ।’ मन्त्री विश्वकर्माले भने–‘त्यसको निरन्तर अनुगमन भईरहेको छ । मन्त्रालयका सहसचिवको नेतृत्वमा टोली नै गठन गरिएको छ ।’ आगामी साग गेम्सको महिला फुटबल प्रतियोगिता पोखरा गर्ने प्रतिवदेन परिषदले मन्त्रालयमा बुझाईसकेको छ । त्यसै अनुसर पोखरा रंगशालाको फुटबल स्टेडियम बनाउन ग्लोबल टेण्डर आह्वान गरिएको छ । साउनको पहिलो सातासम्म टेण्डर प्रक्रिया टुंिगएर खरीद गरेका कम्पनी बीच विडिङ गरेपछि मात्रै फाईनल हुने छ ।

मन्त्रालयले पोखरा स्टेडियमको लागि ५३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । तर सरकारले निकै चासोको रुपमा रहेको क्रिकेट मैदानको लागि भने बजेट खासै प्रभावकारी रुपमा उपलब्ध गराएको छैन् । ‘साग गेम्सको पुर्वाधार पछि मात्रै क्रिकेट मैदानद बनाउने तर्फ अगाडि बढ्छौं ।’ उनले भने–‘पोखरामा मात्रै नभई सातै प्रदेशमा क्रिकेट मैदान बनाउन पहल भईरहेको छ ।’ पोखरासँगै, इहटरी, भैरहवा, धनगढी, दाङ, कन्चनपुर एवं काठमाडौमा क्रिकेट मैदान निर्माण गरिने योजना सरकारको भएको मन्त्री विश्वकर्माले सुनाए ।

उनले खेल र खेलाडीको लागि पहिलो आवश्यकता पुर्वाधार भएको उल्लेख गरे । पुर्वाधारपछि खेलाडीको सेवा सुविधा दोस्रो कुरा भएको उनको जिकिर थियो । खेलाडी बीच प्रतिस्पर्धा क्षमता अभिबृद्धि गर्नुपर्ने अर्को महत्वपूर्ण चुनौति रहेको स्पष्ट पारे । त्यति मात्रै नभई भौगोलिक अवस्था, संरचना एवं, हावापानीले पनि त्यहाँको खेलकुदको सम्भावनाको अवस्थालाई अध्ययन गरी काम गरिनुपर्नेमा जोड दिए ।

मन्त्री विश्वकर्माले कृषि, पर्यटन र उर्जा मात्रै भनिरहँदा खेलकुदको क्षेत्रबाट समेत पर्यटन प्रवद्र्धन गरी समृद्धिको अभियान चाल्न सकिने दावी गरे । खेलकुदको समृद्धिको लागि सरकारले अहिले एक निर्वाचन क्षेत्र एक खेलमैदानको अवधारणा अगाडि बढाएको भन्दै प्रदेश सरकारले पनि त्यसमा चासो देखाई पुर्वाधार विकासमा अगाडि बढ्नुपर्ने सुझाव दिए । मन्त्रालयले एक निर्वाचन एक खेल मैदानको अवधारणालाई साकार पार्न सानो बजेट उपलब्ध गराउँदै आएको छ । उपलब्ध गराएको बजेटले खेल मैदान निर्माण खासै प्रभावकारी हुन सकिरहेको छैन् । ‘बजेट सानो भएपनि मैदान निर्माणमा सरकारको अभिरुची हो । त्यसमा प्रदेश सरकारले ध्यान दिन सके छिट्टै सम्पन्न हुने विश्वास छ ।’ उनको भनाई थियो ।

पुर्वाधारको तयारी तिब्र गतिमा भईरहेको भन्दै मन्त्री विश्वकर्माले मंसिर २१ गतेदेखि २८ सम्म नेपालगन्जमा आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना हुनेमा विश्वस्त गराए । यद्यपी आवश्यक पुर्वाधारको काम भने निकै सुस्त गतिमा अगाडि बढेको छ ।

कमेन्टहरु
Loading...