जगनको अध्यक्षतामा प्रदेश नम्बर ४ मा तेक्वान्दो संघ गठन

पोखरा, १६ फागुन /नेपाल तेक्वान्दो संघ अन्तर्गत प्रदेश नम्बर ४ मा प्रदेश तदर्थ समिति गठन गरिएको छ । जगनबहादुर गुरुङ्गको अध्यक्षतामा भर्खरै बनेको ११ सदस्यि कार्यसमितिको मंगलबार एक समारोहका विच पदस्थापना गरिएको छ ।

समितिको उपाध्यक्षमा विष्णुहरी गौतम, महासचिवमा रमेश पौडेल, कोषाध्यक्षमा माइकल कर्माचार्य र सह–कोषाध्यक्षमा दिपेन्द्र बाँस्कोटा रहेका छन् । उनीहरुलाई नेपाल तेक्वान्दो संघका अध्यक्ष प्रकाश शम्शेर राणाले एक समारोहका विच सपथ ग्रहण गराए ।

पदस्थापन समारोहका बाबुराम कुँवरले उनीहरुलाई प्रमाण–पत्र वितरण गर्दै शुभ–कामना व्यक्त गरे । उनले खेलाडी राष्ट्रको गहना हुने भन्दै राष्ट्रले पनि खेलाडीलाई सम्मानि दिनुपर्ने औल्याए । खेलाडीको अथक मेहनत र प्रयासमै राष्ट्रले अन्र्तराष्ट्रिय उपलब्धि हाँसिल गर्ने हुँदा खेलाडीको भविष्य सुनिश्चित पार्नेतर्फ राष्ट्रले पनि चासो देखाउनु पर्ने प्रदेश प्रमुख कुँवरले बताए ।

कार्यक्रममा बोल्दै साँसद दिपक कोइरालाले राष्ट्रले खेलकुदलाई प्राथमिकतामा नपारेको बताउँदै तर खेल क्षेत्रबाट पनि राष्ट्रले ठूलो आर्थिक लाभ लिन सक्ने उदाहरणहरु प्रस्तुत गरे ।  त्यस्तै पश्चिमाञ्चल क्षेत्रिय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेलले तेक्वान्दोे खेलबाट राष्ट्रले सधै मेडलको अपेक्षा राख्ने गरेको औल्याए । १३ औं दक्षिण एशियाली खेलमा पनि तेक्वान्दोबाट मेडलको आश राख्न सकिने उनले बताए ।
तदर्थ समितिका अध्यक्ष जगनबहादुर गुरुङ्गले तेक्वान्दो नेपालकै सफल खेल भएको बताउँदै प्रदेश नम्बर ४ खेलाडीको उर्भर भूमिं भएको जिकिर गरे । पदस्थापन संगै जिम्मेवारी पनि बढेको बताउँदै संघले प्रत्येक वर्ष एउटा प्रदेश स्तरिय र एउटा अन्र्तराष्ट्रिय प्रतियोगिता आयोजना गर्ने प्रतिवद्धता समेत जाहेर गरेका थिए ।

सञ्चारकर्मी दुर्गा अधिकारीले सञ्चालन गरेको कार्यक्रममा संघका उपाध्यक्ष विष्णुहरी गौतमले धन्यवाद ज्ञापन गरेका थिए ।
कार्यक्रममा प्रदेश नम्बर ४ का विभिन्न सुरक्षा निकायका प्रमुख तथा प्रतिनिधी, खेलाडी, खेलकर्मी लगायतको उपस्थिती रहेको थियो ।

कमेन्टहरु
Loading...