आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशलाई १ स्वर्ण, २ कास्य पदक

नेपालगञ्ज, ९ बैशाख /नेपालगन्ज स्थित महेन्द्र बहुमुखी क्याम्पसमा भएको आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत आइटिएफ तेक्वान्दोबाट गण्डकी प्रदेशले १ स्वर्ण र २ कास्य पदक हात पार्न सफल भएको छ ।

आइतबार भएको महिला तर्फको ४६–५० केजी तौल समुहमा गण्डकी प्रदेशकी सुस्मिता थापा मगरले स्वर्ण पदक दिलाएकी हुन्। उनले प्रदेश नम्बर ३ की निलीमा सुनुवारलाई फाइनल खेलमा पराजित गर्दै स्वर्ण पदक दिलाएकी हुन्।

त्यसै गरी पुरुष एकल तर्फ ५१ देखि ५५ केजी तौल समुहमा सागर सम्शेर कुवंर र महिला तर्फको उक्त इभेन्टमा गोमा थारुले कास्य पदक दिलाएकी हुन्। शनिबारको खेलमा गण्डकी प्रदेशले ३ रजत पदक प्राप्त गरेको मुख्य प्रशिक्षक सुरज सुनारले बताए ।

कमेन्टहरु
Loading...