आइपिएलमा तेस्रो खेल खेल्दै सन्दीप लामिछाने

काठमाडौं, ६ जेठ/नेपाली युवा क्रिकेट खेलाडी सन्दीप लामिछाने आज इन्डियन प्रिमियर लिग (आइपिएल) मा तेस्रो तथा अन्तिम खेल्न मैदान झर्दै छन् ।

उनी आवद्ध क्लब दिल्ली डेयरडेभिल्स अहिले मुम्बई इन्डियन्सलाई १ सय ७५ रनको लक्ष्य दिएको छ । प्लेअफमा पुग्न मुम्बईले आजको खेल जित्नैपर्छ। दिल्लीले खेल जिते पनि प्लेअफमा पुग्ने सम्भावना छैन।

सन्दीपले यसअघि रोयल च्यालेन्जर्स बैंगलोर र चेन्नई सुपर किंग्स विरूद्ध खेली सकेका छन् । दुबै खेलमा उनले एक एक विकेट लिए। उनले २ खेल खेलेर ८ ओभरमा २ विकेट लिँदै ४६ रन दिएका छन्। उनी यो सिजनमा अहिलेसम्मका सबैभन्दा किफायती बलर हुन्। उनको इकोनोमी ५.७५ रहेको छ।

कमेन्टहरु
Loading...