आइसिसी(ICC)को नयाँ ट्वान्टी–ट्वान्टी बरियतामा नेपालका चार खेलाडी

पोखरा, २२ साउन /अन्तराष्ट्रिय क्रिकेट परिषद (ICC)(आइसिसी) ले प्रकाशीत गरको नयाँ बरियतामा नेपालका चार खेलाडी पर्न सफल भएका छन् । ट्वान्टी–ट्वान्टी क्रिकेटतर्फ नेपालका दुई बलर तथा दुई ब्याट्सम्यान शीर्ष एक सय भित्र आफ्नो स्थान बनाउन सफल भएका हुन् ।

ब्याटिङतर्फ कप्तान पारस खड्का र शरद भेषावाकर परेका छन् भने बलिङतर्फ बसन्त रेग्मी र सोमपाल कामी शीर्ष १०० भित्र अटाएका छन् ।

ट्वान्टी–ट्वान्टी ब्याट्सम्यानको बरियतामा नेपालका कप्तान खड्का २६५ अंक सहित ९० औं स्थानमा छन् भने २३८ अंकसहित शरद ९८ औं स्थानमा रहेका छन् ।

यस्तै ट्वान्टी–ट्वान्टी बलरको बरियतामा ३९७ अंक सहित बसन्त ७१ औं तथा ३३८ अंक सहित सोमपाल ९२ औं स्थानमा रहेका छन् ।

कमेन्टहरु
Loading...