पोखरामा घोडा दौडमा घिसिङलाई स्वर्ण पदक

पोखरा, २० बैशाख /नेपाल आर्मीका जगदिश घिसिङले पोखरा शुक्रबार आयोजित घोडा दौड (हर्स राईडिङ) प्रतियोगितामा नयाँ राष्ट्रिय किर्तिमानसँगै स्वर्ण पदक जितेका छन् ।

पोखरामा सम्पन्न पाँचौ सस्करणको इक्विस्ट्रियनको हाइजम्प इभेन्टमा ५ फिट ९ इन्चको जम्प गर्दै नयाँ किर्तिमान बताए । त्यो किर्तिमानी यस भन्दा अघि रामहरी खड्काको नाममा ५ फिट ५ इन्च उचाईको जम्प गर्दै राखेका थिए । घिसिङले सम्मोहन नामको घोडाले किर्तिमान राखेका हुन् ।

नेपाल इक्विस्ट्रियन संघको आयोजना र नेपाल राष्ट्रिय खेलकुद परिषद तथा नेपाली सेनाको संयोजनमा आयोजित विभिन्न तीन विधामा प्रतिस्पर्धा गराईएको थियो । स्वर्ण पदक बिजेता घिसिङले यसका लागि नेपाली सेनाकै जमदार राजेन्द्र थापा र करण चौधरीसङ अन्तिम प्रतिष्पर्धा गरेका थिए ।

अन्तिम स्पर्धामा उक्त इभेन्टमा रजत पदक विजेता राजेन्द्र ५ फिट ७ इन्च र काश्य पदक विजेता करण भने पुरानै रेकर्ड ५ फिट ५ इन्चमा रोकिन पुगे । विजेताले प्रमाणपत्रका साथमा क्रमश नगद २०, १५ र १० हजार समेत प्राप्त गरेका छन् ।

प्रतियोगिता अन्तर्गत नै सोजोन इभेन्ट तर्फ नेपाली सेनाका ओमप्रकाश यादव स्वर्ण पदक जिते । उनले सोजोन इभेन्टको बाधा दुरी पार गर्न जम्मा १ मिनेटमा टुग्याएका थिए । नेपाली सेनाकै जगदिश घिमिरेले १ मिनेट १३ सेकेण्डमा पार गर्दै रजत र नेपाली सेनाकै मेघबिक्रम खडकाले काश्य पदक जिते । उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरे ।

टेण्ट पेगिङ्ग तर्फको इभेन्टमा नेपाली सेनाका प्राविधिक सुबेदार गोबिन्दबहादुर खडकाले स्वर्ण पदक जितेका छन भने नेपाली सेनाकै ओम प्रकाश यादबले रजत र लिलाराम खडकाले काश्य पदक जिते । उनीहरुले क्रमश नगद २०, १५ र १० हजारका साथमा प्रमाणपत्र समेत प्राप्त गरे ।

स्थानीय घोडा दौड ‘पोनी रेस’ तर्फ राज अधिकारीले स्वर्ण पदक जिते । साथमा उनले नगद १५ हजार प्राप्त गरे भने नविन पुनले काश्य जित्दै नगद १० हजार र रोहित गौतम काश्य पदक जित्दै नगद ५ हजार प्राप्त गरे ।

महिला तर्फ समेत प्रदर्शनी खेल भएको थियो । पोखरामा महिला घोड्चढी प्रदर्शनी पहिलो पटक गरिएको आयोजकले जनाएको छ । महिला प्रदर्शनी सिक्स बारमा भएको इभेन्टमा कबिता थापा, याम कुमारी राना र सरिता श्रेष्ठले सहभागिता जनाएका थिए ।

बिजेताहरुलाई पोखरा महानगरपालिकाका मेयर मानबहादुर जिशी, पश्चिम पृतनापती काजीबहादुर खत्री, गण्डकी प्रदेश सांसद ईन्द्रधारा विष्ट, नेपाल ओलम्पिक कमिटीका सदस्य तेज गुरुङ, नेपाल इक्विस्ट्रियन संघका अध्यक्ष रबिराज कर्णिकार, महासचिब बलराम श्रेष्ठ लगाएतले पदक, प्रमाणपत्र र नगद प्रदान गरेका थिए ।

कमेन्टहरु
Loading...