सफल कपमा हङकङे सेमिफाईनलमा (भिडियो सहित)

सागर राज तिमिल्सिना
पोखरा १२ कार्तिक /नेप्लीज फुटबल एसोसिएसन हङकङ तेस्रो सफल पोखरा कपको सेमिफाईनल प्रबेश गरेको छ । अर्को पाहुना टोली भुटान क्लियरिङ फुटबल क्लबलाई २–० ले हराउदै हङकङले अन्तिम चारमा थ्रिस्टारसंगको भेट पक्का गरेको हो । हङकङको बिजय यात्रा जारी राख्न सुरज राउत र अफ्रिकी मुलका खेलाडी भिक्टरको योगदान महत्वपूर्ण रह्यो । पहिलो हाफ गोल रहित बराबरीमा रोकेको भुटान दोस्रो हाफमा सम्हालिन नसक्दा पहिलो सहभागितामै घर फर्किन बाध्य भयो ।

५० औं मिनेटमा सुरज राउतको गोलबाट अग्रता लिएको हङकङको लागि ईन्जुरी समयमा अफ्रिकी मुलका खेलाडि भिक्टरले गोल गर्दै जित सुनिश्चित गरेका हुन् । यो संगै भिक्टर अहिले सम्मकै सर्बाधिक गोलकर्ता भएका छन् । यसअघि पहिलो चरणमा नेपालको १६ बर्ष मुनीको राष्ट्रिय टोलिलाई हराउने क्रममा उनले एकलौटी ३ गोल गरेका थिए । दुई खेलमा लगातार पहेलो कार्ड पाएका कारण भिक्टर सेमिफाईनल खेल्न नपाउने भएका छन् ।

उनको अनुपस्थिति हङकङको लागि घातक साबित हुन सक्ने अनुमान गरिएको छ । तर हङकङका प्रशिक्षक राजिब हिराचनले उनको स्थानमा अर्को उत्कृष्ट खेलाडि राख्ने बताएका छन् । आजको खेलमा जित हात पारेपनि खेलाडिको प्रदर्शन सोचे अनुसार नभएको उनको टिप्पणी छ । हङकङले फाईनल प्रबेशको लागि कार्तिक १४ गते नेपालको लिग च्याम्पियन क्लब थ्रिस्टारको सामना गर्नुपर्नेछ ।

भुटानका प्रशिक्षक बिमल मुखीयाले क्लबका दोस्रो रोजाईका खेलाडि लिएर मैदान उत्रिएका कारण समस्या भएको बताए । भुटानमा राष्ट्रिय लिग सञ्चालन भैरहेको र टिमका दुई राष्ट्रिय खेलाडि मात्र रहेकाले जितको लागि कठिन भएको उनले बताए । खेलाडिले पनि सोचेअनुसार नखेलेको मुखीयाले बताएका छन् ।
प्रतियोगिता अन्तर्गत भोलिदेखि सेमिफाईनल चरणका खेल सुरु हुने आयोजकले जनाएको छ । भोलि पहिलो सेमिफाईनलमा मनाङ मस्र्याङदी क्लब र आर्मी क्लब बिच प्रतिश्पर्धा हुनेछ ।

कमेन्टहरु
Loading...