पोखरामा ११ औं हिसान स्र्पोट्स मिट जारी

पोखरा, १० पुस/निजी कलेज तथा विद्यालयहरुको छाता संस्था हिसान कास्कीले आयोजना गरेको ११ औं स्र्पोट्स मिट पोखरा रंगशालामा जारी रहेको छ । हिसान कास्कीमा आवद्ध ६० कलेज तथा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई खेलमा प्रतिष्पर्धाको अवसर प्रदान गर्दै उनीहरुका बिचमा आपसी मित्रता अभिवुद्धि खेलकुदका विभिन्न इभेन्ट्मा २ हजार ५ सय विद्यार्थीहरु प्रतिष्पर्धा गरिरहेका छन् ।

आइतबार सम्पन्न छात्र/छात्रा भलिवल, छात्र÷छात्रा बास्केटबल र टेबुल टेनिस छात्र÷ छात्रा सिंगल्स, छात्र÷छात्रा मिक्स डबल्सका खेलहरु जारी रहे । भलिबल छात्र–छात्रा तर्फ प्रथम चरणका खेलहरु सम्प भएका छन । छात्र भलिबलमा माउन्ट अन्नपुर्ण माबी, मेरी गोल्ड, स्पाइरल र पोखरा माबी सेमीफाइनलमा प्रवेश गरेका छन । छात्रा भलिबलमा डायमण्ड माबी, न्यु ग्यालेक्सी, स्पाइरल र कास्की मोर्डनाइज्ड सेमीफाइनलमा प्रवेश गरे । छात्र–छात्रा दुबै तर्फका फाइनल खेल सोमबार हुने आयोजकले जानकारी दिएको छ ।

बास्केटबल छात्र तर्फ न्यु ग्यालेक्सी, टप्स माबी, डायमण्ड माबी, बिएमजी, प्रतिभा, एनटिएचएमसी, पोखरा माबी र केफ सेमीफाइनलमा प्रवेश गरेका छन । त्यसै गरि छात्रा तर्फ डायमण्ड माबी, सगरमाथा माबी, न्यु ग्यालेक्सी, कास्की मोर्डनाइज्ड र पोखरा माबी दोश्रो चरणमा प्रवेश गरेका छन ।

सम्पन्न टेबल टेनिस छात्रा सिंगल्समा सगरमाथा माबीकी अपेक्षा थापा र स्टेप बाइ स्टेपकी सुष्मीता सुबेदी सेमीफाइनलमा प्रवेश गरेका छन । पोखरा माबीकी शान्ती थापा, प्रतिभा माबीकी सबिना क्षेत्री, सगरमाथाकी आशुका रन्जित र स्टेप बाइ स्टेपकी सिमा बिक क्वाटर फाइनलमा प्रवेश गरेका छन ।

टेबल टेनिस छात्र सिंगल्समा नेशनल इन्भेन्टिभका महादेब पहारी, र सगरमाथाका सफल जङ्ग केसी सेमी फइनलमा प्रवेश गरेका छन भने प्रतिभाका बिजय महत क्वाटर फाइनल प्रवेश गरेका छन । छात्र टेबल टेनिस डवल्स्मा पोखरा माबी, प्रतिभा माबी, सगरमाथा माबी, पोखरा मल्टिमोडल, रत्न ज्योती, स्टेप बाइ स्टेप, मदरल्याण्ड, करुणानिधी फाउण्डेशन, लिटिल स्टेप र पश्चिमाञ्चल माबी दोश्रो चरणमा प्रवेश गरेका छन । छात्रा डवल्समा मदरल्याण्ड मावी, सगरमाथा माबी र न्यू ग्यालेक्सी माबी दोश्रो चरणमा प्रवेश गर्न सफल रहे ।

कमेन्टहरु
Loading...