१२ औं हिसान स्पोर्ट्स मिट माघ ३ गते बाट सुरु हुने

८ हजार विद्यार्थीले सहभागिता जनाउने

पोखरा, १ माघ​ /उच्च शिक्षालय तथा माध्यमिक विद्यालय संघ नेपाल (हिसान) कास्कीको “१२ औं हिसान कास्की स्पोर्ट्स मिट–२०७५” यहि माघ ३ गते देखि ६ सम्म पोखरा रंगशालामा सुरु हुने हिसान कास्कीले जनाएको छ । हिसान कास्कीका सचिब दिवाकर जैसीका अनुसार स्पोर्ट्स मिटमा बास्केटबल छात्र÷छात्रा, भलिबल छात्र÷छात्रा, टेबुल टेनिस तर्फ सिङल््स, डब्लस छात्र÷छात्रा तथा विश्वविद्यालय समुह (कलेज) अन्र्तगत छात्र÷छात्रा बास्केटबलका प्रतियोगिताहरु आयोजना हुनेछन ।

प्रतियोगिताका प्रचार प्रसार संयोजक एवम हिसान कास्कीका सल्लाहकार रमाकान्त बरालका अनुसार प्रतियोगितामा भलिबल छात्र तर्फ ३१ र छात्रा तर्फ १४ टिमले प्रतिष्पर्धा गर्नेछन भने बास्केटबल तर्फ ३० छात्र तर्फ टिम र छात्रा तर्फ १३ टिमले प्रतिष्पर्धा गर्दैछन । यता विश्वविद्यालय समुह कलेज तर्फ बास्केटबल छात्र÷छात्रा तर्फ समान ४–४ टिम मैदानमा उत्रिने छन ।

हरेक वर्ष आयोजना गरिने हिसान स्पोर्ट्स मिटको मुख्य उद्धेश्य आफ्ना सदस्य विद्यालय÷कलेजहरुमा अध्ययन गर्ने विद्यार्थीहरुका बिचमा आपसी मित्रता अभिवृद्धी गराउने तथा उनीहरुलाई स्वस्थ खेल प्रतिष्पर्धाको अवसर प्रदान गर्ने रहेको अध्यक्ष डा. रामजी शर्माले जनाएका छन । हाल कास्कीमा उच्च शिक्षा अध्यापन हुने ६२ विद्यालय र कलेजहरु आवद्ध रहेका छन । संस्थामा आवद्ध ६२ मध्ये ५० भन्दा वढी विद्यालय तथा कलेजहरु ८ हजार विद्यार्थीहरुले स्पोर्टस मिटमा सहभागिता जनाएको सचिब जैसीले बताए ।

कमेन्टहरु
Loading...