हेमजा सेभने ए साईड नक आउट फुटबल प्रतियोगिता हुने

पोखरा, २५ भदौ/ विष्णुपादुका क्लब तथा विष्णुपादुका फुटबल एकेडेमी पोखरा लेखनाथ–२५ हेमजाले हेमजा सेभेन ए साईड नक आउट फुटबल प्रतियोगिता–२०७४ आयोजना गर्ने भएको छ। ‘मैत्री भाव तथा स्वास्थ्यको लागि खेलकुद’ भन्ने मुल नारका साथ आयोजना गर्न लागिएको उक्त प्रतियोगिता असोज ३ गते देखि ११ गते सम्म सञ्चालन हुने छ।

विष्णुपादुका फुटबल एकेडेमीको सहयोगार्थ युवाहरुलाई रचनात्मक कार्यमा संलग्न गराउदै राष्ट्रको खेलकुद विकासमा टेवा पु¥याउने उद्देश्यले प्रतियोगिताको अयोजना गरिएको हो। प्रतियोगिता सम्पन्न गर्नका लागि क्लबका प्रशिक्षक सुविन श्रेष्ठलाई संयोजक तोकिएको छ भने विभिन्न उपसमिति पनि गठन गरिएको छ।

अर्थसकंलन उपसमिति संयोजकमा जगत थापा, प्रचार प्रसार उपसमिति संयोजकमा प्रकाशचन्द्र सापकोटा, व्यानर व्यवस्थापन उपसमिति संयोजकमा अमृत परियार, खेल मैदान व्यवस्थापन उपसमिति संयोजकमा अभिषेक कार्की, स्वयम्सेवक व्यवस्थापन उपसमिति संयोजकमा राजेन्द्र थापा, मेडिकल व्यवस्थापन उपसमिति संयोजकमा डिल्लिराम दाहाल, टिम दर्ता व्यवस्थापन उपसमिति संयोजकमा रोशन केसी, फोटो तथा भिडियोग्राफी व्यवस्थापन उपसमिति संयोजककमा नविन सिरस, प्रमाणपत्र तथा मायाको चिनो व्यवस्थापन उपसमिति संयोजकमा सुमन थापा रहेका छन्।

प्रतियोगिता सम्पन्न गर्नका लागि पाँच लाख ८९ हजार दुई सय २२ रुपैया लाग्ने अनुमान गरिएको छ। प्रतियोगिताबाट बचेको रकम क्लबले सञ्चालन गरेको विष्णुपादुका फुटबल एकेडेमीमा सञ्चालार्थ खर्च गरिने विष्णुपादुका क्लबका कोषाध्यक्ष लक्ष्मण रोकाहाले जानकारी दिए। प्रतियोगितामा प्रथम हुने टिमले एक लाख एक हजार एक सय ११, द्धितीय हुनेले ५१ हजार एक सय ११ साथमा ट्रफि मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन्।

त्यसैगरी उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्तालाई नगद दुई÷दुई हजार साथमा ट्रफि मेडल र प्रमाण पत्र पाउने छन्। साथै सर्वोकृष्ट खेलाडीलाई नदग तीन हजार ट्रफि मेडल र प्रमाण पत्र दिईने आयोजकले जनाएको छ। प्रतियोगितामा सेमिफाइनलमा पराजित टिमलाई सान्त्वना स्वरुप दश हजार रुपैया दिने संयोजक सुविन श्रेष्ठले जानकारी दिए।

विष्णु पादुका क्लबका अध्यक्ष रमेश कार्कीले क्लबले अयोजना गरेको प्रतियोगितालाई सहयोग गर्न आग्रह गरेका छन्।
‘हेमजा खेलकुदको लागि उत्तिकै प्रख्यात रहेको कुरा यस क्षेत्रका प्रतिभावान खेलाडीले राष्ट्रका लागि दिएको योगदानले प्रष्ट गराउँदछ’–अध्यक्ष कार्कीले भने–‘विगतमा पनि क्लब मार्फत विभिन्न उत्कृष्ट प्रतियोगिता आयोजना गरिसकेकोले यो प्रतियोगितामा पनि यहाँहरुको साथ समर्थ र सहयोग रहने हामीले विश्वास लिएका छौं।’

प्रतियोगिताको संयोजन पोखरा लेखनाथ महानगरपालिका, विशेष सहयोगि पोखरा लेखनाथ महानगरपालिका वडा नं. २५ तथा प्रवद्र्धकमा जिल्ला खेलकुद विकास समिति, कास्की जिल्ला फुटबल संघ, र नेपाल सेभेन ए साईड महासंघ रहेको छ।

कमेन्टहरु
Loading...