आयोजक हेमजा–११ ‘ए’को विजयी शुरुवात

पोखरा, १ बैशाख/हमेजा युनाईटेड पोखरा लेखनाथ– २५ हेमजाले आयोजना गरेको शुभकामना कप–२०७५ आयोजक टिम हेमजा–११ ‘ए’ ले विजय शुरुवात गरेको छ।शनिवार भएको उद्घाटन खेलमा हेमजा–११ ‘ए’ ले डेविटफल युवा क्लबलाई ३–० को गोल अन्तरले पराजित ग¥यो।प्रतियोगितामा हेमजा– ११ ‘ए’ को तर्फबाट म्यान अफ दि म्याच जर्सी नं. १७ का टेक गुरुङले एक गोल र जर्सी नं. ९ का समिर कार्कीले २ गोल गरे।उक्त खेलमा डेविटफल युवा क्लबका जर्सी नं. १० का वेदबहादुर थापाले डवल एलो कार्ड पाइ खेलमैदानबाट वाहिरएका थिए।

आइतवार तीन खेल हुने हेमजा युनाईटेडका कोषाध्यक्ष इन्द्रबहादुर कुँवरले जानकारी दिए। पहिलो खेल लेकसाइड फुटबल क्लब र एवीसी क्लबबीच हुने छ। दोस्रो खेल शितलज्योति युवा क्लब र ईन्द्रेणी एकिकृत विकास केन्द्रबीच हुने छ भने अन्तिम खेल बाग्लुड्ड फुटबल संघ र साहारा क्लबबीच हुने छ।यस अघि प्रतियोगिताको उद्घाटन गर्दै युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्माले यहाँको खलेमैदानलाई स्तरोन्नती गर्नका लागि मन्त्रलायको ध्यान केन्द्रीत भएको बताएका छन्।‘यहि खेल मैदानबाट खेल शुरु गरेको खेलाडी राष्ट्रिय खेलाडी बनेका छन्’–उनले भने–‘दुई तिन दिन भित्रमा मन्त्रालयमा डकुमेन्ट पढाउँनुहोस् मन्त्रलयाले यो खेल मैदानलाई हामी चाडै नै स्तरोन्नती गर्नेछौं।’उनले गाउँ गाउँ र टोल टोलमा खेल मैदानको भौतिक पूर्वाधार तयार गरी नागरिकको जीवनलाई स्वस्थ्य बनाउने अभियानमा मन्त्रलाय लागि परेको बताए।

कार्यक्रममा पोखरा लेखनाथ–२५ का वडा अध्यक्ष शोभाकर तिमिल्सिना, पूर्व गाविस अध्यक्ष रामचन्द्र त्रिपाठी, वरिष्ठ फुटबल प्रशिक्षक कृष्ण थापा, गौरी शंकर माविका प्रध्यानाध्यापक अम्मरबहादुर कुँवर, शिक्षासेवी माधवशरण पौडेल, एन्फा कास्कीका महासचिव तथा विष्णुपादुका क्लबका अध्यक्ष रमेश कार्की, वडा नागरिक मञ्च हेमजाकी अध्यक्ष रमा त्रिपाठीेले बोलेका थिए। कार्यक्रममा प्रतियोगितालाई सहयोग गर्ने सहयोगिदातालाई सम्मान गरिएको थियो।हेमजा युनाईटेडका अध्यक्ष इन्द्रप्रसाद त्रिपाठीको अध्यक्षतामा भएको कार्यक्रममा सल्लाहकार डबलबहादुर कुँवरले स्वागत र सचिव शंकरमणि त्रिपाठी ‘छन्दमणिले कार्यक्रम सञ्चालन गरेका थिए। प्रतियोगिता ८ गते सम्म चल्ने छ।

कमेन्टहरु
Loading...