राष्ट्रिय महिला तथा पुरुष ह्याण्डबल पुष २३ देखि पोखरामा

गोकुल बानियाँ
१७ पुष पोखरा । प्रथम लुम्बिनी राष्ट्रिय च्याम्पिनसिप अन्तर्गतको राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पोखरामा हुने भएको छ । राष्ट्रिय खेलकुद परिषद्को आयोजनामा पुष १५ दे िखजारी च्याम्पियनसिप अन्तर्गत महिला तथा पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगिता पुष २३ देखि २६ गतेसम्म पोखरामा हुन लागेको हो । handballआज पोखरामा आयोजित पत्रकार सम्मेलनमा दिईएको जानकारी अनुसार ७ औं महिला तथा १६ औं पुरुष राष्ट्रिय ह्याण्डबल प्रतियोगितामा ८ टिमको सहभासिगता रहनेछ । प्रतियोगितामा पाच बिकास क्षेत्र र तीन बिभागिय टिमबाट गरी कुल ८ टिमका २ सय ५० खेलाडिले सहभागिता जनाउने नेपाल ह्याण्डबल संघका अध्यक्ष तथा प्रतियोगिता संयोजक तेज बहादुर गुरुङले बताए ।

प्रतियोगिताको बिजेतालाई ट्रफि , मेडल र प्रमाणपत्र प्रदान गरिने र चार दिने प्रतियोगिता सम्पन्न गर्न करिब ३० लाख खर्च अनुमान गरिएको छ । प्रतियोगिता सञ्चालनको लागि राष्ट्रिय खेलकुद परिषद्ले १० लाख रुपैया दिएको छ भने बाकी रकम स्थानिय स्तरमा उठाईने संघ कास्कीका अध्यक्ष शेर बहादुर गुरुङले जानकारी दिए । प्रतियोगिता सम्पन्न गर्न नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज बहादुर गुरुङको संयोजकत्वमा गठित बिभिन्न उपसमितिले तयारी तिब्र पारेको छ ।

प्रतियोगिताको मैदान ब्यबस्थापन उपसमिति संयोजकमा क्या. जगबहादुर गुरुङ, आर्थिक उपसमिति संयोजकमा शेर बहादुर गुरुङ, प्राबिधिक उपसमिति संयोजकमा चित्र बहादुर थापा, आवास तथा भोजनमा धोज कुमार गुरुङ, प्रचारप्रसारमा दिनानाथ बराल, मञ्च ब्यबस्थापन उपसमिति संयोजकमा अशोक शाही, स्वास्थ्य तथा खानेपानीमा आनन्द अधिकारी, शान्ति सुरक्षामा जगबहादुर गुरुङ र पदक तथा पुरस्कार ब्यबस्थापनमा खिम बहादुर गुरुङलाई संयोजक तोकिएको छ । सबै उपसमितिले तयारी अिन्तम चरणमा पु¥याएको आयोजकले जनाएको छ ।

लुम्बिनी च्यामम्पियनशिप अन्तर्गतका बिभिन्न खेलहरु देशका बिभिन्न स्थानमा चलिरहेको छ । माघ १५ सम्म एक महिना प्रथम लुम्बिनी च्याम्पियनसिप अन्तर्गत ३३ खेलमा प्रतिश्पर्धा हुने राखेपले जनाएको छ । राष्ट्रिय खेलकुद परिषद्ले यो बर्षदेखि बिभिन्न खेल समाबेश गरिएको राष्ट्रिय स्तरको प्रतियोगिताको सुरुवात गरेको हो ।

कमेन्टहरु
Loading...