लकडाउनमा ह्याण्डबल खेलाडी विशाल वैवाहिक जीवनमा

पोखरा, २५ वैशाख / ह्याण्डबलको अन्तराष्ट्रिय खेलाडी नेपाली नेपाली राष्ट्रिय टोलीका कप्तान विशाल बस्नेत वैवाहिक जिवनमा प्रबेश गरेका छन् ।

बन्नेतले मनिषा क्षत्रीसँग लगनगाँठो कसेका हुन् । बस्नेतले एक दशक अन्तराष्ट्रिय ह्याण्डबल एरिनामा विताए ।

उनले पोखरामा आयोजित १३ औं दक्षिण एशियाली खेलकुद प्रतियोगितामा समूह चरणबाटै बाहिरिएसँगै अन्तराष्ट्रिय खेलबाट सन्यास लिएका हन् ।

पोखरा १६ निवासी विशालले लकडाउनमै क्षत्रीलाई आफनो बाहुबलमा लक्ड गरेसँगै दाम्पत्य जीवन शुरु भएको छ ।

केही समय प्रेममै रहेका उनले ह्याण्डबलको अन्तराष्ट्रिय करियरलाई थाँती राख्दै जीवनको नयाँ गोरटो कोर्दै वैवाहिक जीवनमा प्रवेश गरेका छन् । विशाल अहिले पोखरा एकेडेमीका स्पोर्टस संयोजक समेत हुन् ।

कमेन्टहरु
Loading...