ह्याण्डवलमा महिलातर्फ एपिएफ र आर्मी पुरुष तर्फ पश्चिमाञ्चल र आर्मी फाइनलमा प्रबेश

पोखरा, २१ पुस/पोखरामा जारी राखेप च्याम्पियनसिप २०७४ अन्र्तगत राष्ट्रिय ह्याण्डवल प्रतियोगिताको महिलातर्फ दुई विभागिय सशस्त्र प्रहरी वलको एपिएफ र नेपाल आर्मीको समुह फाईनलमा प्रबेस गरेकाछन । त्यसै गरी पुरुष तर्फ घरेलु टिम पश्चिमाञ्चल र विभागीय टिम आर्मी फाईनलमा प्रबेस गरेका छन । विभागिय टिम आर्मी दोहोरो फाईनलमा प्रबेस गरेको हो ।

शनिबार दुबै टिमको फाईनल खेल सहित प्रतियोगिता समापन हुने भएको कास्की जिल्ला ह्याण्डवल संघका अध्यक्ष क्याप्टेन जगबहादुर गुरुङले बताए । पोखरामा जारी ९ औं महिला राष्ट्रिय ह्याण्डबल प्रतियोगिता अन्र्तगत आज (सुक्रबार) भएको पहिलो सेमिफाईनल खेलमा एपिएफले पुर्वाञ्चल विकास क्षेत्रलाई ५ को बिरुद्ध ३२ को बिशाल गोल अन्तरले पन्छाउदै उपाधि नजिक पुगेको हो । एपिएफको जितमा उमा राईले १२ गोल गर्दै वेलमा वि–मेन अफ दी म्याच घोषित भईन ।

दोश्रो खेलमा वि–मेन अफ दी म्याच घोषित शान्तिकला राईको २१ गोलको मद्धतले आर्मीले घरेलु टिम पश्चिमाञ्चलाई पराजित गर्दै फाईनलमा यात्रा बनाएको हो । आर्मीले पश्चिमाञ्चललाई ३८–६ को गोल अन्तरले पराजित गरेको हो । उपाधिको लागि दुई विभागिय एपिएफ र आर्मी बिचको खेल शनिबार हुने भएको छ ।

पोखरा रंगशालामा जारी १८ औं पुरुष ह्याण्डवल प्रतियोगिता अन्र्तगत पहिलो सेमिफाईनल खेलमा विभागिय टोली आर्मीले झिनो गोल अन्तरले जित हासिल गरेको छ । आर्मीले एपिएफ माथि २३–२२ को गोल अन्तरले फाईनलमा यात्रा तय गरेको हो । आर्मीका विकास राई म्यान अफ दी म्याच घोषित भए । अर्काे खेलमा घरेलु टिम पश्चिमाञ्चलले मध्यपश्चिमाञ्चललाई ३७–१७ को गोल अन्तरले पराजित गरेको हो । खेलमा पश्चिमाञ्चलका प्रेम गुरुङ म्यान अफ दी म्याच घोषित भए ।

नेपालह्याण्डबल संघको तत्वाधान, कास्की जिल्ला ह्याण्डबल संघको आयोजना हङकङ व्यूटि ईन्स्टिच्यूट प्रालिको मूख्य प्रायोजनमा संचालन भएको हो । प्रबेश निशुल्क रहेको उक्त प्रतियोगिताको फाईनल खेल भलिवल प्रशिक्षण केन्द्रको परिसरमा संचालन हुने भएको छ । महिला तथा पुरुषतर्फका विजेता टिमलाई जनही ३० हजार, दोश्रोलाई २० हजार र तेश्रो हुनेलाई १० हजार साथमा ट्रफि मेडल प्रमाण पत्र वितरण गरिने भएको छ।

कमेन्टहरु
Loading...