शुभकामना कपमा आर्मी र हेमजा ११ क्वाटरफाइनलमा

पोखरा, ३ बैशाख /हेमजा युनाईटेडले आयोजना गरेको शुभकामना कप २०७५ नकआउट फूटबल प्रतियोगितामा पश्चिम पृतना आर्मी र हेमजा ११ बि क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

प्रतियोगिताको पहिलो खेलमा पश्चिम पृतना आर्मीले गार्डेन एफ सी लाई ५ –० ले पराजित गरेको छ। यता प्रतियोगिताको दोस्रो खेलमा भने हेमजा ११ बि ले पश्चिमाञ्चल फुटबल ट्रेनिङ्ग सेन्टर लाई ४– १ ले पछि पार्दै हेमजा ११ बि क्वाटरफाइनलमा प्रवेश गरेको हो ।

सोमबार भएको पहिलो खेल पश्चिम पृतना आर्मी र गार्डेन एफ सी बीच भएको थियो । प्रतिस्पर्धात्मक खेलमा पश्चिम पृतना आर्मीका जर्सी नं. २१ का सन्तोष गुरुङले पहिलो हाफको २२ औँ मिनेटमा १ र खेलको अन्तिम चरणमा पूःन १ गोल गरेका थिए भने आर्मी कै जर्सी नं. ९ का भूपेन्द्र रायमाझीले खेलको २७ औँ र ३९ औँ मिनेटमा २ गोल गरेका थिए साथै खेलको अन्तिम चरणमा पश्चिम पृतना आर्मीकै जर्सी नं. १५ का राजु आले मगरले १ गोल गरी क्वाटरफाईनलमा प्रवेश गर्न सफल बनेको थियो ।

प्रतियोगिताको पहिलो खेलमा जर्सी न २१ का सन्तोष गुरुङ खेल को म्यान अफ दि म्याच घोषित भएका थिए । यसै बीच प्रतियोगिताको दोस्रो खेल हेमजा ११ बि र पश्चिमाञ्चल फुटबल ट्रेनिङ्ग सेन्टर बीच भएको थियो ।  दोस्रो खेलमा पहिलो गोल हेमजा ११ बि का जर्सी नं. ११ का सुमन सुनारले गरेका थिए । खेल उत्साह मुलक बनेको थियो । यसै गरि हेमजा ११ बि कै जर्सी नं. ९ का आशिष कुवँरले लगातार २ गोल साथैै जर्सी नं. १९ का अश्मित कुवँर ले १ गोल गरि हेमजा ११ बि ले सर्बाधिक ४ गोल गरेको थियो ।

प्रतिस्प्रधामा रहेको पश्चिमाञ्चल फुटबल ट्रेनिङ्ग सेन्टरले खेल को अन्तिम समयमा जर्सी नं. ७ का रोहित नेपालीले १ गोल गरेका थिए । दोस्रो खेलमा हेमजा ११ बि का जर्सी नं. १९ का अस्मित कुवँर म्यान अफ दि म्याच घोषित भए । ‘युवा एकता र विकासका लागि खेलकुद’ भन्ने मूलनाराका साथ हेमजा युनाइटेडले आयोजना गरेको उक्त प्रतियोगिता बैशाख ८ सम्म चल्ने छ।

प्रतियोगितामा १६ टिम सहभागी छन्। विजेताले २ लाख २२ हजार, ट्रफी, मेडल र प्रमाणपत्र तथा उपविजेताले १ लाख ११ हजार, मेडल र प्रमाणपत्र पुरस्कार प्राप्त गर्नेछ ।मंगलबारको पहिलो खेल स्याङजा वालिङ्ग यूनाईटेड र संगम एफ सी बीच र दोस्रो खेल एल जी एसोसिएसन र नव आदर्श सामुदायिक विकास केन्द्र बीच हुने हेमजा युनाईटेड का कोषाध्यक्ष इन्द्र बहादुर कुँवर ले जानकारी दिएका छन ।

कमेन्टहरु
Loading...