राष्ट्रिय हकी प्रतियोगितामा सहभागी पश्चिमाञ्चलका खेलाडीलाई विदाई

पोखरा ३० पुस /राखेप च्याम्पियसिप २०७४ अन्र्तगत हेटौडामा आयोजना हुने १९ औ पुरुष तथा दोश्रो महिला राष्ट्रिय हंकी प्रतियोगितामा सहभागी पश्चिमाञ्चलका खेलाडीहरुलाई आइतबार पोखराबाट विदाई गरिएको छ ।

कास्की जिल्ला हंकी संघले रगंशालामा आयोजना गरेको खेलाडी विदाई कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष खगराज पौडेल, खेलाडी संघका अध्यक्ष एवं कास्की जिल्ला खेलकुद विकास समितिका कोषाध्यक्ष र हंकी संघका केन्द्रीय उपाध्यक्ष हिमाल खड्काले अविर र राखेपको झण्डा हस्तान्तरण गरि विदाई गरेका थिए ।

खेलाडी विदाई कार्यक्रममा पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष पौडेलले सवै खेलमा पश्चिमाञ्चलको प्रर्दशन राम्रो रहेको बताउदै हंकीले पनि यस क्षेत्रको इज्जत र प्रतिष्ठा पठाउने गरि खेल प्रर्दशन गर्ने अपेक्षा गरे । हंकीको पोखरा आधारभुत पूर्वाधार समेत नभएपनि खेलमा राम्रो नतिजा ल्याउने विश्वास ब्यक्त गरे । पश्चिमाञ्चलको खेल सधै अन्त्र क्षेत्रसंग भन्दा पनि विभागीय टिमहरुसंग हुने बताउदै हकीका खेलाडीले उत्कृष्ट प्रर्दशन गर्ने विश्वास ब्यक्त गरे ।

कमेन्टहरु
Loading...