गल्फ मन्थ्ली मेडल थकालीलाई

पोखरा, १५ बैशाख/पोखराको हिमालयन गल्फ कोर्षमा मासिक गल्फ प्रतियोगिता हुदैं आएको छ । नियमित प्रतियोगिता अन्तर्गत अप्रिलको मन्थ्ली मेडल भने राजु थकालीले जितेका छन् ।

स्टेबल फोर्ड ७/८ ह्याण्डी क्यापमा खेलाईएको प्रतिस्पर्धामा थकालीले ३६ को कार्ड बनाउँदै पुरस्कार जित्दा क्या. महेन्द्र फगामी भने दोस्रो स्थानमा चित्त बुझाए । तेस्रो स्थानमा ज्ञानेन्द्र गुरुङ भने ३२ को कार्डसँगै तेस्रो स्थानमा रहे । उनी काउण्ट व्याकमा पछि पर्दै तेस्रो स्थानमा झरेका हुन् ।
प्रतियोगितामा क्लोज टु दि पिनको पुरस्कार बलराम थापाले पुरस्कार प्राप्त गरे । लङ्गेष्ट ड्राईभको पुरस्कार भने क्या. महेन्द्र फगामीले प्राप्त गरे । पोखराको छिनेडाडाँस्थित हिमालयन गल्फ कोर्षमा आयोजित मन्थ्ली मेडल विजेता खेलाडीलाई मेजर विजय मोक्तान र मेजर मदन गुरुङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा २५ जना सहभागि थिए ।

प्रत्येक महिनाको अन्तिम शनिबार हिमालयन गल्फ कोर्षमा सदस्यहरु बीच मन्थ्ली मेडल प्रतिस्पर्धा आयोजना गरिने कोर्षका व्यवस्थापक भुबहादुर गुरुङ(भुवन)ले जानकारी दिए ।

उनले वर्षमा कोर्षमा क्लब च्याम्पियनसिप, एमेच्योर गल्फ च्याम्पियनसिप तथा राष्ट्रियस्तरको सुर्य नेपाल वेष्टर्न ओपन लगायतका गल्फ प्रतियोगिता आयोजना गरिदैं आएको छ ।

कमेन्टहरु
Loading...