हिमालयन गल्फ अक्टोबल मन्थली मेडल गौचनलाई

पोखरा, १० कात्तिक /हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित अक्टोबल मन्थली मेडल गल्फको उपाधि बसन्त गौचनले जितेका छन् । स्टेबल फोर्ड ७÷८ ह्याण्डीक्यापमा आधारित प्रतियोगिताको ग्रोस तर्फको उपाधि गौचनले जितेका हुन् । उनले १९ स्कोरसहित ट्रफी प्राप्त गरेका हुन् ।

१८ होलको हिमालयन गल्फ कोर्षमा शनिबार आयोजित स्टेबल फोर्ड अन्तर्गतको प्रतिस्पर्धामा भने जीवराम गुरुङले पुरस्कार थापे । उनले ३४ स्कोर गरेका थिए । त्यसैगरी ३२ स्कोर गरेका हरि राई भने उपविजेतामा चिक्त बुझाए ।

प्रतियोगितामा लङ्गेष्ट ड्राइभमा बलराम थापा र क्लोज टु दि पिनको पुरस्कार भने बुद्धिमान दुराले प्राप्त गरे । उनीहरुलाई कास्की जिल्ला गल्फ संघका प्रथम उपाध्यक्ष ज्ञानकापी गुरुङले पुरस्कार प्रदान गरेका थिए । प्रतियोगितामा २४ जना गल्फरको सहभागिता रहेको थियो ।

कमेन्टहरु
Loading...