घलेल उत्सबमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता जारी

घलेल, १९ पुस /कास्कीको माछापुच्छ्रे गाउँपालिका ८-९ घलेलमा “आत्मा साक्षी राखी मन,बचन र कर्मले सेवा गरौ” नारा सहित जारी २० औं ल्होछार उत्सवमा गाउँ स्तरीय पुरुष भलिबल प्रतियोगिता तर्फको पहिलो चरणका खेलहरु सम्पन्न भएका छन् ।

बौद्ध सिर्जना युवा क्लबको भलिबल खेलमैदानमा बिहिबार सम्पन्न पहिलो चरणको खेलबाट बिप्चे बराह युवा क्लब, मिलन युवा क्लब, निश्चल झरना युवा क्लब, ग्रीनहिल युवा क्लब ल्वाङ, सयपत्री युवा क्लब चौराहा, सुर्यदय युवा क्लब र आयोजक टिम “ए” दोस्रो चरणमा प्रबेश गरेको क्लबका अध्यक्ष राम गुरुङले जानकारी दिए ।

उनका अनुसार पहिलो खेलमा आयोजक टिम “ख”लाई १५ –२५ र १३ –२५ को सोझो सेटले किप्चे बराह युवा क्लबले पराजित गर्दै अघिल्लो चरणमा प्रबेश ग¥यो । दोस्रो खेलमा निश्चल झरना युवा क्लबले २५–१७ र २५–१३ कै सोझो सेटले हराउदै लालुपाते युवा क्लबलाई पाखा लगायो । तेस्रो खेलमा गुँरासेभुमी युवा क्लब घाचोकलाई ग्रीनहिल युवा क्लब ल्वाङले १०–२५ र २०–२५ सोझो सेट सहित पराजित ग¥यो ।

त्यस्तै चौथो खेलमा बाग्लुङको अनुपस्थितिमा सयपत्री युवा क्लब चौराहाले वाकओभर मार्पmत दोस्रो चरणमा प्रबेश पायो । पाँचौ खेलमा मिलन युवा क्लबले सिल्दुजुरे युवा क्लबलाई २५–१४ र २५–१२ को सोझो सेटले पराजित ग¥यो । छैटौ खेलमा सुर्यदय युवा क्लब सिदिङले २८–३० र २४–२६ को सेटले हराउदै न्यू जेनेरेशन युवा क्लब क्वीबाङलाई पाखा लगायो ।

शुक्रबार सम्पन्न अन्तिम खेलमा आयोजक टिम “क” ले २५–१० र २५–१२ सोझो सेटले आयोजक टिम “घ” लाई हराउदै दोस्रो चरणको यात्रा तय गरेको गुरुङले बताए । उनका अनुसार पुरुष भलिबल तर्फको प्रथम, द्धित्तिय र तृतीय हुने टिमले शिल्ड, मेडल तथा प्रमाणपत्र सहित क्रमश ६० हजार, ३५ हजार र २० हजार प्राप्त गर्नेछ भने एक जना खेलाडीलाई उत्कृष्ट खेलाडीको रुपमा पुरस्कृत गरिनेछ ।

छिमेकी गाउँका दर्शकहरुको उल्लेख्य सहभागिता रहेको सो कार्यक्रममा न्यू जेनेरशन युवा क्लबका सदस्यहरु, बौद्ध सिर्जना युवा क्लबका छोरी चेलीबेटी तथा प्mयुजन डान्स ग्रुपको तर्फबाट सांस्कृतिक नृत्यहरु समेत प्रस्तुत गरिएको आयोजकले जनाएको छ ।

कमेन्टहरु
Loading...