गण्डकी प्रदेशले खेलकुदलाई ८ करोड ३५ लाख, नवौं खेलकुद प्रतियोगितालाई १ करोड ५० लाख

पोखरा, २ जेठ/ गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ को वार्षिक बजेट सार्वजनिक गर्दै खेलकुद विकास र पूर्वाधारको लागि ८ करोड ३५ लाख रुपैयाँ छुट्टाएको छ । प्रदेश स्तरीय बहुउद्देश्यीय रंगशाला, किक्रेट रंगशाला, गल्फकोर्स, स्की, उच्च खेलकुद तालिम केन्द्र , जिल्लास्तरीय रंगशाला र एक स्थानीय तह एक खेलमैदान निर्माणमा प्रयोग गर्ने उनले बताए ।

आगामी फागुन २० देखि २७ गतेसम्म गण्डकी प्रदेशमा हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि प्रदेश सरकारले १ करोड ५० लाख रुपैयाँ छुट्टाएको गरेको घोषणा गरे । पश्चिमाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले प्रदेश सरकारसँग नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि २ करोड ८८ लाख रुपैयाँ माग गरेको थियो । गण्डकी प्रदेश सरकारले छुट्टाएको १ करोड ५० लाख रुपैयाँ प्रदेशका खेलाडीहरुको आवश्यक व्यवस्था र प्रशिक्षणको लागि खर्च गर्ने योजना उनले सुनाए ।

आर्थिक वर्षको लागि गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री किरण गुरुङले आगामी आर्थिक वर्षको लागि सोमबार ३४ अर्ब ८४ करोड २१ लख रुपैयाँ बजेट प्रस्तुत गरेका थिए । प्रदेशले अघिल्लो वर्ष खेलकुदका विभिन्न योजनाहरुलाई कार्यान्वयनमा लैजान नसक्दा बजेट सबै फ्रिज हुन पुगेको थियो । क्रिकेट मैदानको लागि १ करोड रुपैयाँ छुट्टाएको थियो । लेखनाथस्थित भण्डारढीक बहुउद्देश्यीय कभर्ड हल लगायतका अन्य खेलकुदका पूर्वाधारको बजेट निकासा गर्न अमसर्थ हुदाँ फिर्ता भएको छ ।

क्रिकेट रंगशाला प्रदेश सरकारको अर्को चाहना हो । पोखरा–३३ पशुपतिघाटस्थित झण्डै ४ सय रोपनी क्षेत्रफलमा क्रिकेट रंगशाला बनाउने तय गरिएको छ । तय गरिएको ठाँउमा यसैआर्थिक वर्षमा १ करोड रुपैयाँ विनियोजन गरिएको थियो । तर प्रदेश सरकारले विस्तृत परियोजना प्रतिवेदन बनाउन नसक्दा बजेट फिर्ता हुन पुगेको थियो । गल्फकोर्ष अर्को महत्वपूर्ण एजेण्डा हो ।

गल्फ कोर्ष कुन ठाँउमा बनाउने भन्ने यकिन प्रदेश सरकारले गरेको छैन् । यद्यपी कास्की जिल्ला गल्फ संघले पोखरा–१ सिम्पानीस्थित सेती नदीको दायाँबायाँ किनारको सिचाईको जग्गालाई गल्फ कोर्ष बनाउन उपयुक्त हुने ठहर गर्दै आएका छ । सिचाईको जग्गासहित केही व्यक्तिगत जग्गा समेत पर्ने भएकोले त्यसको उचित मुअब्जा वितरण गरी गल्फ कोर्ष बनाउन उपयुक्त हुने संघको ठहरलाई प्रदेश सरकारले ठोस निर्णय लिन भने अझै सकेको छैन् ।

स्की खेलको लागि मुस्ताङको बारागुङ क्षेत्र उपयुक्त छ । विगत दुईवर्ष यता राष्ट्रियस्तरको स्की प्रतियोगिता समेत आयोजना गरिसकिएको छ । त्यसलाई अझै व्यवस्थित बनाउन सकिए स्की खेल मार्फत पर्यटन प्रवद्र्धन हुने अपेक्षा प्रदेश सरकारको छ । उच्च उचाई खेलकुद तालिम केन्द्र बनाउने अभियानलाई प्रदेश सरकारले दोहोर्याएको छ ।

कमेन्टहरु
Loading...