ज्ञान ज्योतीलाई माउन्ट अन्नपूर्ण यू–१४ ह्याण्डबल उपाधी

पोखरा, १ फागुन /पोखरा नदिपुर स्थित पोखराको पहिलो निजी विद्यालय माउन्ट अन्नपुर्ण माबी द्वारा संचालित छात्र तर्फको यू–१४ ह्याण्डबल उपाधी ज्ञानज्योती विद्या कुञ्जले प्राप्त गरेको छ । मंगलबार सम्पन्न फाइनल खेलमा ज्ञान ज्योतीले गण्डकी वोर्डिङलाई १८–८ गोल अन्तरले पराजित गर्दै उपाधी संगै नगद १० हजार प्राप्त ग¥यो ।

छात्र तर्फका वेष्ट प्लेयर समेत घोषित भएका ज्ञान ज्योती विद्या कुञ्जका खेलाडी सन्जय पुन एक्लैले १० गोल गर्दै टिमलाई जिताएका थिए । प्रतियोगितामा छात्र तर्फ आयोजक माउन्ट अन्नपुर्ण माबी (ए) भएको छ । तेश्रो स्थानका लागि भएको खेलमा माउन्ट अन्नपुर्णले पोखरा एकेडेमीलाई १०–४ गोलले पराजित गरेको थियो ।

त्यसै गरि छात्रा तर्फको उपाधी भने पोखरा एकेडेमीले हात पारेको छ । उसले उपाधीका लागि आयोजक माउन्ट अन्नपुर्णलाई ५–१ गोल अन्तरले हराएको थियो । उसले नगद १० हजार हात पा¥यो । छात्रा तर्फ तेश्रो स्थानका लागि भएको खेलमा गण्डकी वोर्डिङले बाजी मारेको छ । गण्डकीले लिटिल स्टेप मावीलाई १४–१० गोलले पराजित गरेको थियो । प्रतियोगितामा दोस्रो र तेश्रो हुने टिमले क्रमश नगद ७ हजार, ५ हजार मेडल ट्रफी र प्रमाणपत्र प्राप्त गरेका थिए ।

छात्र तर्फ सर्वाधिक गोल गर्ने खेलाडी माउन्ट अन्नपुर्णका अन्जल शेरपुर्जा पुन भएका छन । उनले प्रतियोगिता अवधीभर २६ गोल गरेका थिए । छात्रा तर्फ सर्वाधिक गोल गर्ने खेलाडी गण्डकी वोर्डिङ्गकी मोनिका क्षेत्री र वेष्ट प्लेयर पोखरा एकेडेमीकी कर्मा पुलामी घोषित भइन । उनीहरुलाई नगद १–१ हजारका साथमा ट्रफी प्राप्त गरे । प्रतियोगितामा छात्र तर्फको अनुशासित टिम जनप्रिय माबी र छात्रा तर्फ अन्नपुर्ण मावी, अर्मला घोषित भए । उनीहरुले जनही नगद २ हजारका साथमा ट्रफी र प्रमाणपत्र प्राप्त गरे ।

प्रतियोगितामा बिजयी हुने टिम र खेलाडीलाई पोखरा लेखनाथ महानगर पालिका शिक्षा विभाग प्रमुख केदार राज आचार्य, योजना प्रमुख सुरज प्राधानाङ्ग, पृथ्वी नारायण क्याम्पसका पूर्व क्याम्पस प्रमुख प्रा.डा. बिरेन्द्र सिंह गुरुङ, नेपाल ह्याण्डबल संघका अध्यक्ष तेज गुरुङ, कास्की जिल्ला ह्याण्डबल संघका अध्यक्ष क्या. जग गुरुङ लगाएतले मेडल, ट्रफी, प्रमाणपत्र र नगद वितरण गरेका थिए ।

विद्यालय व्यवस्थापन समितीका अध्यक्ष चिजकाजी गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा प्रिन्सीपल सइन्द्र श्रेष्ठले समेत मन्तव्य दिएका थिए । माघ २७ गते बाट संचालित प्रतियोगितामा छात्र तर्फ १२ र छात्रा तर्फ १० गरि कुल २२ टिमको सहभागिता रहेको प्रतियोगिताका संयोजक गिरी प्रसाद गुरुङले बताए ।

कमेन्टहरु
Loading...