ज्ञानुबाबामा स्पोर्टस् मिट

माघ २८, पोखरा /पोखरा–२, अर्चलबोटमा रहेको ज्ञानुबाबा आवासीय उच्च माविले सदनगत रुपमा पृथ्वीनारायण क्याम्पसको खेल मैदानमा विभिन्न प्रतियोगिता सुरु गरेको छ ।  मंगलवार भएको प्राइमेरी फुटबल प्रतियोगितामा निलो सदन प्रथम, रातो सदन द्धितीय भएको छ । मावि तर्फ पँहेलो सदन प्रथम र निलो सदन द्धितिय भयो ।

यसैगरि प्राइमेरी तर्फ निलो सदनका नरेन्द्र रोक्का मगर र मावि तर्फ मिशाल गुरुङ उत्कृष्ट खेलाडी घोषित भएको खेल संयोजक बाबुराम सुवेदीले जानकारी दिनुभयो । यस अघि खेलको विद्यालयका संस्थापक कृष्ण गुरुङ र प्रिन्सीपल दिनेश अर्यालले उद्घाटन गर्नुभएको थियो ।

प्रतियोगितामा शिक्षक टिकाराम भण्डारी र दिपक तिमिल्सीनाले रेफ्रिको भूमिका निर्वाह गर्नुभएको थियो । मंगलवारै एथलेटिक्सका विभिन्न खेलहरु सम्पन्न भयो । बुधवार विद्यालय प्राङ्गणमा विशेष कार्यक्रम गरि पुरस्कार वितरण सहित समापन गरिने विद्यालयले जनाएको छ ।

कमेन्टहरु
Loading...