रोट्रयाक्ट फुटसलको तयारी तीव्र

पोखरा, ७ चैत/ रोटरीयन स्व. कृष्ण थापाको स्मृतिमा रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनले फुटसल प्रतियोगिताको आयोजनागर्ने भएको छ । रोटरी, रोट्रयाक्ट र ईनरह्विल क्लबहरु बीचको भातृत्व विकास गर्ने हेतुले प्रत्येक वर्ष यो प्रतियोगिता सञ्चालन गर्दै आईरहेको छ ।

प्रतियोगिता चैत ९ गते शनिबार हुनेछ भने सहभागीहुन चाहने क्लबहरुले शुक्रबार साँझ ५ बजेसम्म टिम दर्ता गराउन सक्नेछन् । रोट्रयाक्ट क्लब अफ पोखरा मिडटाउनका अध्यक्ष अच्युत पौडेलका अनुसार प्रतियोगितामा जोन ४ का रोट्रयाक्ट क्लवहरु, रिजन ४ का रोटरी क्लवहरु र पोखराका ईनरह्विल क्लबले सहभागिता जनाउन सक्नेछन् ।

यस्तै, रोट्रयाक्ट पुरुष, रोटरी तथामहिला टिमहरुको छुट्टाछुट्टै प्रतियोगिता गराईनेछ । प्रतियोगिताको सह आयोजक रोट्रयाक्ट क्लवअफपोखरा र रोट्रयाक्ट क्लवअफ मणिपाल रहेका छन्, सह प्रायोजकपोखरा यु.पि. भि. सि. उद्योग तथा पुरस्कार प्रायोजन स्व. कृष्ण थापाको परिवारको तर्फबाट रोटरियन डा. पबिनथापाले गरेका छन् ।

प्रतियोगितामाविजेताहरुले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् । खेलका माध्यमबाट भातृत्व विकासको लागि प्रतियोगिता आयोजना गरिएको र रोट्रयाक्ट क्लब अफ मिडटाउन पोखराका अध्यक्ष अच्युत पौडेलले जानकारी दिए । प्रतियोगितामा विजेताहरुले नगद सहित ट्रफी मेडल र प्रमाणपत्र पाउनेछन् ।

कमेन्टहरु
Loading...