न्युजिल्याडलाई हराउदै इंग्ल्यान्डलाई विश्वकपको उपाधि

काठमाडौं, ३० असार /न्युजिल्याडलाई हराउदै आइसिसी क्रिकेट विश्वकप २०१९ को उपाधि इंग्ल्यान्डले जितेको छ । आइतबार लड्समा भएको उपाधि भिडन्तमा न्युजिल्यान्डलाई सुपर ओभरमा हराउदै इंग्ल्यान्ड पहिलो पटक उपाधि चुमेको हो ।

इंग्ल्यान्ड र न्युजिल्यान्डले समान स्कोर बनाएपछि रोमाञ्चक सुपर ओभरबाट विश्वविजेतको टुंगो लागेको थियो । सुपर ओभरमा पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले १५ रनको चुनौती दिएको थियो । इंग्ल्यान्डका लागि बेन स्टोक्स र जोस बटलरले ब्याटिङ गरेका थिए भने न्युजिल्यान्डका ट्रेन्ट बोल्टले बलिङ गरेका थिए । स्टोक्सले १ चौका सहित ८ रन र बटलरले १ चौका सहित ७ रन जोडे ।

न्युजिल्यान्डका लागि सुपर ओभर मार्टिन गुपटिल र जीमी निसमले ब्याटिङ गरेका थिए भने इंग्ल्यान्डका लागि जोफ्रा आर्चरले बलिङ गरेका थिए । पहिलो बल बाइड भयो । दोस्रो बलमा छक्का हिर्काएका निसमले पाँच बलमा १४ रन जोडे । अन्तिम बलमा न्युजिल्यान्डलाई २ रन चाहिएको थियो। जसमा २ रन लिने क्रममा मार्टिन गुपटिल रनआउट भए । उनले १ रन मात्र लिँदा सुपर ओभर समेत बराबरी भयो ।

जसकारण इंग्ल्यान्ड बढी बाउन्ड्रीको आधारमा च्याम्पियन बन्यो । इंग्ल्यान्डले सुपर ओभरमा २ बाउन्ड्री हान्दा न्युजिल्यान्डले १ बाउन्ड्री प्रहार र्गयो । त्यसअघि पहिले ब्याटिङ गरेको न्युजिल्यान्डले ८ विकेटको क्षतिमा २४१ रन जोड्यो । जवाफी ब्याटिङ गरेको इंग्ल्यान्डले पनि सबै विकेट गुमाउँदा २४१ रन नै जोड्एको थियो ।

कमेन्टहरु
Loading...