डेविडफलले शुरु गर्यो फुटबल एकेडेमी

पोखरा, २ भदौ / यतिबेला पोखरामा फुटबलको लहर चलेको छ । प्रत्येक क्लबहरुले आफनै एकेडेमी शुरु गरेका छन् । पछिल्लो समय पोखरा–१७ स्थित डेविडफल क्लबले विभिन्न उमेर समूहका ५२ जना बालकलाई फुटबल प्रशिक्षण गराउँदै एकेडेमीको रुप दिएको छ ।

क्लबले आफनो भावि योजनाको रुपमा एकेडेमी सञ्चालन गर्ने भन्दै सार्वजनिक गरेको थियो । विभिन्न ६ देखि १४ वर्ष उमेरमा बालकहरु अहिले एकेडेमीमा रहेर फुटबल प्रशिक्षण लिन शुरु गरेका हुन् । एकेडेमीको शनिबार मात्रै औपचारिक रुपमा शुरुवात गरिएको थियो । फुटबल प्रशिक्षण भने पोखरा १७ छोरेपाटनस्थित तिब्बतीय शरणार्थी क्याम्पको मैदानमा गराइएको क्लबका अध्यक्ष पुष्पराज बरालले जानकारी दिए ।

फुटबलको विकाससँगै खेलाडीलाई व्यावसायिकरण गर्ने अभियान समेत क्लबले लिएको छ । उनीहरुलाई बेल थापाले प्रशिक्षण दिईरहेका छन् । एकेडेमीको लागि क्लबले आफनो स्रोतबाट परिचालन गर्ने छ । खेलाडीहरुलाई अहिले आवासिय सुविधा भने प्रदान गरिएको छैन् । केवल फुटबल प्रशिक्षण दिने व्यवस्था मात्रै क्लबले गरेको छ । भविष्यमा आफनै आवासिय सुविधायुक्त भवन बनाई फुटबल एकेडेमी सञ्चालन गर्ने लक्ष्य राखिएको क्लबले जनाएको छ ।

क्लबको आफनै कमर्सियल भवन छ । त्यही भवनबाट आएको भाडाले एकेडेमीको लागि अत्यावश्यक खेल सामाग्री उपलब्ध गराईने क्लबका अध्यक्ष बरालले बताए । ‘आफनै भवनको भाडाबाट आएको आम्दानीले एकेडेमीलाई चाहिने खेल सामाग्री खरीद गर्छौ ।’ अध्यक्ष बरालले भने–‘त्यसबाहेक विदेशमा रहेका क्लबका साथीभाइको पनि सहयोग रहने विश्वास छ ।’

एकेडेमीको लागि क्लबले मासिक ४० हजार खर्च हुने अनुमान गरेको छ । एकेडेमीको लागि प्रशिक्षणको लागि अत्यावश्यक फुटबल, कोन, बिफ तथा जर्सी क्लबले उपलब्ध गराउने छ । आम्दानीको स्रोतलाई दिगो बनाउने अभियानमा क्लब छ । प्रशिक्षणमा रहेका खेलाडीलाई प्रशिक्षणमात्रै नभई अन्य विभिन्न क्लबका एकेडेमीसँग मैत्रीपूर्ण फुटबल प्रतिस्पर्धा समेत गराईने छ ।

त्यसले खेलाडीको मनोबल बढ्ने विश्वास क्लबले लिएको छ । क्लबले एकेडेमी सञ्चालनसँगै नयाँ एम्बुलेन्स सञ्चालनार्थ सांगिीतक साँझ गर्ने तयारी समेत गरेको छ । आगामी असोजमा सांगितीक साँझ गर्ने योजना क्लबले बनाएको छ । सामाजिक क्षेत्रमा आफनो जिम्मेवारी निभाउँदै आएको क्लबको आफनै एम्बुलेन्स सेवा छ । त्यसबाहेक पार्किङ क्षेत्रबाट उठाइएको शुल्क समेत क्लबले एकेडेमीको लागि खर्च गर्ने योजना बनाएको अध्यक्ष बरालले जनाए ।

एकेडेमीको विधिवत रुपमा उदघाटन गर्दै पोखरा–१७ का वडाध्यक्ष तीर्थ अधिकारीले क्लबले गरेको कामको अत्यन्तै सरानिय भएको र खेलकुदको विकासमा लाग्न अनुरोध गरे । पछिल्लो समय बालबालिकाहरु मोवाईल चलाउन ध्यान दिदाँ बिग्रिदै गएको अवस्थाले एकेडेमीले खेलकुदप्रति आकर्षित गर्ने विश्वास लिइएको छ । वडाध्यक्ष अधिकारीले क्लबलाई आवश्यक सहयोग गर्न आफु र वडाले कुनै पनि कसुर नराख्ने बताए ।

कास्की जिल्ला फुटबल संघका अध्यक्ष मिलन गुरूङ,छोरेपाटन मा विका अध्यक्ष झपिन्द्र राज रेग्मी, गुप्तेशवर ुफा का कार्यबाहक अध्यक्ष गोपाल बराल, पत्रकार सुष्मा पौडेल, पोखरा महानगरपालिकाका सूचना अधिकारी गंगालाल सुवेदी, नेपाली काग्रेस वडा नम्बर १७ अध्यक्ष देवराज आचार्य ,नेकपा १७ का अध्यक्ष सुवास ढुंगाना लगायतले क्लबले गरेको कार्य उदाहरणीय भएको उल्लेख गरे ।

कार्यक्रममा डेभिजफल ट्रनिङ, फुटबल एकेडेमी र ईन्देणी फुटबल एकेडेमी बीच मैत्रीपूर्ण खेल भएको थियो। क्लबका पुर्व खेलाडी अजय गुरूङ, कोपिला पौडेल, कमल जिसी, प्रविण पौडेल लगायतलाई सम्मान गरिएको थियो ।

कमेन्टहरु
Loading...