दिदीबहिनी कप राष्ट्रिय महिला भलिबलको फाइनलमा न्युडायमण्ड र एपीएफ

पोखरा, १ फागुन/होङ्गान्जी न्यु डायमन्ड र एपीएफले दिदीबहिनी कप राष्ट्रिय महिला भलिबल प्रतियोगितामा उपाधि भिड्न्त पक्का गरेका छन् । पर्बतको कुश्मा बजारमा भएको सेमिफाईनल खेलमा होङगान्जी न्युडायमण्डले आर्मीमाथी ३–२ को रोमाञ्चक जित निकाल्यो ।

नेपाल आर्मीले होङगान्जी न्युडायमण्डलाई दवाबमा राख्दै पहिलो र दोश्रो सेट २५–१७ र २६–२४ ले आफ्नो पक्षमा पारे पनि फाईनलको यात्राबाट चुक्यो । होङ्गान्जी न्यु डायमन्डले उत्कृष्ट पुनरागमन गदै तेश्रो देखि पाँचौ सेट २५–१८,२५–२२ र १७–१५ ले आफ््नो पक्षमा पादै फाईनलको यात्रा तय गर्यो ।

मंगलवारको अत्यन्त प्रतिस्पर्धात्मक खेलमा आर्मीका निरुता ठगुन्ना,शन्ति थारु र मनिसा खाडले उत्कृष्ट प्रदर्शन गरेका थिए भने होङ्गान्जी न्यु डायमन्डकी प्रतिभा मालीले आर्मीको बिजयी यात्रालाई रोक्न महत्वपूर्ण भूमिका निभाएकी थिईन् । आर्मीले आजै गण्डकी प्रदेशलाई २५–२२,२५–१८ र २५–२२ को सोझो सेटमा हराउदै सेमिफाईनलमा प्रवेश गरेको थियो ।

त्यस्तै दोश्रो सेमिफाईनलमा साबिक बिजेता एपिएफले पुलिसलाई ३–० को सोझो सेटमा हरायो । एपिएफले पुलिसमाथी २५–१४,२५–१६ र २५–१८ को सहज जित निकाल्यो । बुधवार होङ्गान्जी न्यु डायमन्ड र एपीएफबीच फाईनल खेल हुने छ भने यस अघि आर्मी र पुलिसबीच तेश्रो स्थानका लागि प्रतिस्पर्धा हुने छ ।

रेडियो दिदीबहिनी एफएम ९५.२ मेघाहर्जको नवौं बार्षिकोत्सव तथा एघाऔं गण्डकी प्रदेश स्तरीय महिला महोत्सवको अवसरमा संचालित प्रतियोगिताको विजेताले २ लाख,उपबिजेताले १ लाख र तेस्रो हुने टोलीले ५० हजार नगद प्राप्त गर्नेछन् । प्रतियोगिताको सर्वाेत्कृष्ट खेलाडीले १० हजार रुपैया हात पार्नेछन् । व्यक्तिगत विधातर्फको स्पाइकर, क्वीकर, ब्लकर, सर्भर, सेटर, डिफेन्डर र प्रशिक्षकले जनही ५–५ हजार रुपैया प्राप्त गर्ने आयोजक रेडियो दिदीबिहिनीकी अध्यक्ष कल्पना चापागाईले जानकारी गराईन् ।

कमेन्टहरु
Loading...