ढिकुरपोखरीमा भएको फुटबलमा क्वाटर फाइनल खेल सम्पन्न

अन्नपूर्ण, २६ भदौं /ढिकुरपोखरीमा जारी तीजमेला अन्र्तगतको खुल्ला नकआउट फुटवल प्रतियोगिता अन्र्तगत

मंगलवार क्वाटर फाइनलका खेल सम्पन्न भएका छन ।सोमवार वर्षाका कारण कुनै पनि खेल हुन सकेको

थिएन । मंगलवार आयोजक ढिकुरपोखरी संजाल ए र फेवा क्लव पामे बीच भएको पहिलो खेलमा ३–१

गोलअन्तरले पछि पार्दै आयोजक संजाल ए बिजयी भएको छ ।आयोजक एको जितका लागि अजित गुरुङ,

सुनिल विक र सञ्जय बुढाथोकीले १÷१ गोल गरेका थिए । जवाफमा फेवा क्लवका सुर्य थापाले १ गोल फर्काएका

थिए ।सो गेममा संजालका दिप क्षेत्री म्यान अफदी म्याच घोषित भएका छन।

त्यस्तै आयोजक संजाल वि र गगन टाटु ब्रर्दश युनिटी बीचको दोस्रो खेलमा १–० को गोलअन्तरले आयोजक वि

बिजयी भएको छ। आयोजक विको जीतका लागि खेलको १७ औं मिनेटमा म्यान अफदी म्याच बन्न सफल

सौरभ गुरुङले गोल गरेका थिए ।

त्यसैगरी तेस्रो खेल मालेपाटन एफसीले जितेको छ ।मालेपाटनको जीतका लागि विनोद गुरुङले खेलको ५९ औं

मिनेटमा गोल गरेका थिए ।जवाफमा इन्द्रेणी एकिकृत विकास केन्द्र टुडीखेलले कुनै पनि गोल गर्न सकेन ।उक्त

प्रतियोगितामा मालेपाटनका विनोद गुरुङ म्यान अफदी म्याच भएका छन ।

एपिएफ र श्रृङखला युथ क्लव भलाम बीच मंगलवार अन्तिम खेल भएको थियो ।उक्त खेलमा एपिएफका

चुडामणी चौधरीले २ गोल तथा श्रृङखला युथ क्लवका नरेश केसीले १ गोल फर्काएका थिए ।सो गेममा

एपिएफका चुडामणी चौधरी म्यान अफदी म्याच बने ।

बुधवार एपिएफ र मालेपाटन बीच दिउँसो साढे १२ बजे पहिलो र आयोजक ए तथा आयोजक वि बीच दोस्रो

सेमीफाइनल खेल हुने संजालका महासचिव दिल जिसीले जानकारी दिएका छन ।मेलामा वुधवार ‘स्थानिय

निकाय र महिला नेतृत्व’ विषयक खुल्ला तीजगीत प्रतियोगिता पनि हुँदैछ ।

कमेन्टहरु
Loading...