ढोरपाटन सुजुकी महिला डबल लिग भलिबलमा साबिक बिजेता एपीएफको दोहोरो जित

काठमाडौ, ८ माघ/नेपाल आर्मी १४ औं रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगिताको शिर्ष स्थानमा कायमै रहेको छ । मंगलवार आर्मीले सेबलाई ३१–२९,२५–१९ र २५–२० को सोझो सेटमा हराउदै ४ खेलबाट १२ अंक जोड्न सफल भएको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन क्लबको खेल मैदानमा भएको खेलमा साबिक बिजेता एपीएपले दोहोरो जित निकाल्दै ३ खेलबाट ९ अंक बनाएको छ । पहिलो खेलमा एपीएफले सेबलाई २५–८,२५–१४ र २५–१८ को सोझो सेटमा हराउदा दोश्रो खेलमा थाहा नगरपालिकलाई २५–७, २५–११ र २५–१२ को सोझो सेटमा पराजित ग¥यो । अर्को खेलमा पुलिसले श्रीगाँउ खेलकुद विकास समिति दाङलाई २५–८,२५–९ र २५–८ को सोझो सेटमा हराउदै २ खेलबाट ६ अंक जोडेको छ ।

माघ १९ सम्म संचालन हुने प्रतियोगिताको विजेताले ३ लाख ५० हजार पाउनेछ दोस्रो हुने टोलीले दुई लाख प्राप्त गर्ने छ । त्यस्तै तेस्रो हुनेले १ लाख, चौथो हुने टोलीले ६० हजार, पाँचौ हुनेले ४० हजार, छैठौं हुनेले ३० हजार र सातौं हुने टोलीले २० हजार नगद पुरस्कार प्राप्त गर्नेछन् ।

व्यक्तिगत विधातर्फ उत्कृष्ट खेलाडी, उदयमान खेलाडी, बर्ष खेलाडी, प्लेयर अफ दि सिरिज र एक जना भाग्यमानि दर्शकले १–१ थान सुजुकी स्कुटर पाउनेछन् । त्यस्तै उत्कृष्ट स्पाइकर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सर्भर, उत्कृष्ट सेटर र उत्कृष्ट प्रशिक्षकले समान ६–६ हजार नगद प्राप्त गर्ने छन् ।

कमेन्टहरु
Loading...