ढोरपाटन महिला डबल लिग भलिबलमा आर्मी र पश्चिमाञ्चल बिजयी

काठमाडौं, १२ माघ / विभागीय टिम नेपापल आर्मी र पश्चिमाञ्चलले रेडबुल ढोरपाटन सुजुकी महिला डबल लिग भलिबल प्रतियोगितामा सफलता हात पारेका छन् ।

आर्मीले चितवान टाईग्रेसलाई २५–२१,२५–१८ र २५–१३ को सोझो सेटमा हरायो । अर्को खेलमा पश्चिमाञ्चलले ढोरपाटनलाई २५–१०,२५–११ र २५–९ को सोझो सेटमा हरायो ।

कमेन्टहरु
Loading...