धोनीको टोली बिरूद्ध सन्दिप पहिलो रोजाइमा, दिल्लीको फेसबुकबाट लाइभ (भिडियो सहित)

काठमाडौं, १ जेठ/भारतीय क्रिकेट लिगमा स्थान बनाएका नेपाली युवा क्रिकेटर सन्दिप लामिछानेले दिल्ली डेयर डेभिल्सको फेसबुक कभर फोटोमा स्थान पाएका छन् । दिल्लीको फेसबुक पेज मार्फत लाइभ आएका सन्दिप आगामी खेलका लागि पहिलो रोजाइमा पर्ने पेजमा राखको फोटोमा लेखिएको छ ।

दिल्लीले १८ मेमा चेन्नार्इ सुपर किङ्ससंग खेल खेल्ने छ । भारतीय राष्ट्रिय टिमका पूर्व कप्तान महेन्द्र धोनी बिरूद्ध उत्रिनु अघि दिल्लीले सन्दिपलार्इ उनका फ्यान सामु लाइभ उतारेको हो । लाइभमा सन्दिपले आफ्ना फ्यानका प्रश्नको जवाफ दिएका थिए ।

आइपीएलमा आएर आफूले धेरै सिकेको भन्दै सन्दिपले यो अनुभव नेपाली क्रिकेटमा उतार्ने वाचा गरे । नेपाली क्रिकेट आफ्नो पहिलो प्राथमिकता भएको उनको भनार्इ थियो । आफूलार्इ माया र हौसला दिने सबैलार्इ सन्दिपले धन्यवाद दिएका छन् ।

LIVE with Sandeep Lamichhane! ❤#DilDilli #Dhadkega

Posted by Delhi Capitals on Tuesday, May 15, 2018

 

कमेन्टहरु
Loading...